दिपायलबाट हराएको सेनाको हतियार भेटियो

डोटी, ७ असोज ।

साउनको तेस्रो साता नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायल डोटीबाट हराएको हतियार र गोली फेला परेको छ । 

पृतना सुरक्षार्थ खटिएको सेनाको गरुडदल गणको एक टुकडीबाट एक थान एसएमजी र त्यसमा प्रयोग हुने २५० भन्दा बढी राउन्ड गोली गायब भएको थियो ।

सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले ती हतियार पृतना वरिपरिकै क्षेत्रमा भेटिएको बताउनुभयो । उनले भने, ‘हतियार लोकेट भइसकेकाले भेरिफाई हुने काम भइरहेको छ ।

ती हतियार खोज्न सेनाको विभिन्न टोली परिचालित थिए ।’ हतियार खोज्न बिहीबार मात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीसमेत दिपायल पुगेको थियो ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...