पाकिस्तानी कलाकारले ४८ घण्टा भित्र भारत नछाडे पिटी-पिटी खेदाउने चेतावनी

  • एजेन्सी, ७ असोज ।

भारत पाकिस्तानको सम्बनध थप चिइसीइरहेका बेला भारतको महाराष्ट्र नवनिर्माण पार्टीले पाकिस्तानी कलाकारहरुलाई ४८ घण्टा भित्र भारत छोड्न चेतावनी दिएको छ ।

एमएनएस चित्रपट सेनाका अध्यक्ष अमे खोपकरले एक बयान जारी गर्दै पाकिस्तानी कलाकारहरुलाई भारत छाड्न धम्की दिएका हुन् ।

भारतमा रहेका चर्चित देनिव प्रवेशीलगाएत सम्पूर्ण कलाकारहरुलाई तत्कालै भारत छोड्न चेतावनी दिइएपछि पाकिस्तानी कलाकारहरुले असुरक्षीत महशुस गरीरहेका छन् ।

भारतमा ठूलो संख्यामा पाकिस्तानी कलाकारहरु छन् जो पाकिस्तानमा भन्दा पनि लोकप्रिय मानिन्छन् । उक्त पार्टीले बलिउड अभिनेता शाहरुख़ खान तथा रईस र करन जौहरको फिल्म ‘ऐ दिल है मुश्किल’ मा पाकिस्तानी कलाकारहरुले अभिनय गरेको भन्दै उक्त फिल्म भारतमा चल्न नदिने बताएको छ ।

यसैबिच भारत र पाकिस्तानबीच युद्धको भाषा चर्किरहेको समयमा पाकिस्तानले आफ्नो आकाशमा फाइटर जेटको उडान प्रदर्शन गरेको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...