गोलीबाट बनेको कलमले हस्ताक्षर गर्दै अन्त्य भयो ५२ वर्षेदेखि चलेको गृहयुद्ध

कोलम्बिया, ११ असोज ।

कोलम्बियामा ५२ वर्षदेखि चलिरहेको गृहयुद्ध अन्त्य भएको छ । कोलम्बिया सरकार र विद्रोही समूह फार्कबिच युद्ध अन्त्यका लागि ऐतिहासिक सहमति भएको हो । राष्ट्रपति जुवान म्यानुअल सान्तोष र फार्क विद्रोहीका नेता तिमोलियोन जिमेनेजले शान्ति सम्झौतामा हस्ताक्षर गरेका बिबिसीले जनाएको छ । 




सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा शान्ति झल्काउन सबैले सेतो पहिरन लगाएका थिए भने गोलीबाट 

बनेको कलमले सम्झौतामा हस्ताक्षर गरिएको थियो । कार्यक्रममा फार्क विद्रोहीका नेता तिमोलियोनले  सन् १९६४ मा कम्युनिष्ट पार्टीको शसस्त्र समूहको रुपमा उदाएको समूहले अब हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।



आधा शताब्दीभन्दा बढी समय चलेको गृहयुद्धका कारण कोलम्बियामा दुई लाख ६० हजार मानिसको ज्यान गएको थियो । ६० लाख मानिस आन्तरिक रुपमा विस्थापित भएका छन् । यस कदममा कसैले पनि शंका नराख्न पनि उनले आग्रह गरेका छन् । सम्झौता अनुसार फार्क समूह अब राजनीतिक पार्टीका रुपमा स्थापना हुनेछ । 


यो सम्झौता कानुन बन्नुअघि अर्को हप्ता जनमत संग्रहबाट पास हुनुपर्नेछ । शान्ति सम्झौतामाथि आगामी अक्टोबर २ तारिखमा जनमत संग्रह हुनेछ । आधा शताब्दीभन्दा बढी समय चलेको गृहयुद्धका कारण कोलम्बियामा दुई लाख ६० हजार मानिसको ज्यान गएको थियो । ६० लाख मानिस आन्तरिक रुपमा विस्थापित भएका छन् ।







, , ,

प्रतिकृया दिनुहोस्

Loading...