चोरीका १७ मोटरसाइकल बरामद

कञ्चनपुर, २७ भदौ ।

कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका क्षेत्रबाट प्रहरीले चोरीका नक्कली नम्बर अङ्कित गरी सञ्चालनमा रहेका १७ वटा मोटरसाइकल बरामद गरेको छ ।

नौ महिनाको अवधिमै इलाका प्रहरी कार्यालय झलारीले चोरीका अवैध मोटरसाइकल बरामद गरेको हो । बरामद मोटरसाइकलमध्ये ११ वटालाई भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक सुदाम रावलले बताए ।

“भदौ महिनामा बरामद गरिएका बाँकी छवटा चोरीका मोटरसाइकल भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाएका छौँ” – प्रहरी निरीक्षक रावलले भने।

अवैधरुपमा नक्कली नम्बर अङ्कित गरी सञ्चालनमा रहेका चोरीका मोटरसाइकल अवैध सामान ओसारपसार र आपराधिक क्रियाकलापमा प्रयोग भइरहेको पाइएपछि नगरपालिकाका विभिन्न क्षेत्रबाट प्रहरी परिचालन गरी बरामद गरिएको उनले बताए ।

यसैक्रममा, नौ महिनाको अवधिमै इलाका प्रहरी कार्यालय, झलारीले पाँचजना फरार अभियुक्तलाई पक्राउ गरी जिप्रका, कञ्चनपुरमा बुझाइएको, चोरी निकासी हुँदै आएको रु एक लाख २७ हजार बराबरको सामान बरामद गरी भन्सारमा बुझाइएको र रु ८० हजार मूल्यको अवैध मदिरा बरामद गरी राजस्व कार्यालय महेन्द्रनगरमा बुझाएको जानकारी दिएको छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...