सप्तकोशीमा पल्टिएको डुंगा अझै फेला परेन,बेपत्ता १५ को खोजि कार्य जारी
सुनसरीको सप्तकोशी नदीमा शनिबार दिउँसो पल्टिएको डुंगा अझै फेला परेको छैन ।
डुंगामा चढी बेपत्ता भएका १५ जनाभन्दा बढी व्यक्तिको पनि अझै अत्तोपत्तो छैन । डुंगामा सवार ३७ जनाको हिजै सकुशल उद्धार गरिएको थियो ।
श्रीलंका टापुबाट प्रकाशपुर–५ राजावासा आउँदै गरेको डुंगा पल्टिँदा उनीहरु वेपत्ता भएका हुन् ।
प्रकाशपुरमा हाटबजार लाग्ने भएकाले उक्त डुंगामा क्षमताभन्दा बढी यात्रु चढेको स्थानीयले बताएका छन् ।
श्रीलंका टापुबाट हाट भर्न पुगेका यात्रु चढेको डुंगा राजावासा आइपुगेपछि भंगालोमा फसेको थियो ।
यात्रुको संख्या धेरै भएकाले डुंगा असन्तुलित भई पल्टिएको हुनसक्ने प्रहरीले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थलमा खटिएको छ ।

प्रतिकृया दिनुहोस्
Loading...