प्रसूति भएकाहरूको चाप बढेपछि समस्या

उदयपुर, ९ असोज ।

जिल्ला अस्पतालमा प्रसूति सेवा लिन आउने बिरामीको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएपछि यसको व्यवस्थापनमा निकै समस्या हुन थालेको छ ।

प्रसूति सेवाका लागि आउने बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएसँगै प्रसूति कोठामा राखिएका शय्याले समेत बिरामीलाई धान्न छाडिसकेको सम्बन्धित चिकित्सक बताउँछन् ।

अस्पतालका अनुसार विगतका वर्षमा सामान्य प्रसूति सेवा र प्रजनन सेवाको मात्र व्यवस्थापन हुँदै आएको थियो । 

पछिल्लो चरणमा जिल्ला अस्पतालमा शल्यक्रिया सहितको सेवा व्यवस्थापन भएपछि अहिले जिल्लाभित्र र बाहिरबाट समेत सेवा लिन आउने बिरामीको सङ्ख्या वृद्धि भएको अस्पतालका प्रमुख डा विष्णुबहादुर बस्नेत बताउछन ।

छ जनासम्म मात्रको शय्या र क्षमताको कोठामा सञ्चालन हुँदै आएको प्रसूति कक्षमा अहिले दैनिक १० देखि १५ जनासम्म प्रसूतिका बिरामी आउन थालेपछि कतिपय बिरामीलाई शय्याको अभावमा समेत अन्य कोठामा लगेर उपचार गर्न बाध्य हुनुपरेको सम्बन्धित चिकित्सक बताउँछन् ।

अहिले दैनिक १० जनासम्म प्रसूति सेवाका लागि आउने गरेकामध्ये दुईदेखि तीन जनासम्म शल्यक्रियाबाट तथा बाँकीको साधारण सेवाबाटै उपचार हुने गरेको अस्पताल प्रमुख डा बस्नेत बताउछन्।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...