नेपाली राजनीतिका मौलिक आयमहरू
राजन तिमल्सिना
श्रमजीवीवर्गले मानव इतिहासमा खेलेको ऐतिहासिक भूमिकाको वस्तुनिष्ट समीक्षा नगरी आजको दुनियाँलाई बुझ्न र बदल्न सकिदैन । समग्र मानव विकास, उत्पादन प्रकृया, सामाजिक, आर्थिक, सास्कृतिक र भौतिक विकासमा श्रमजीवी जनताको निर्णायक भूमिका रहेको छ ।
मानव समाजको उत्पति र विकास वर्गसंघर्ष, उत्पादनको लागि संघर्ष, वैज्ञानिक अविष्कार तथा प्रयोगको बीचबाट भएको हो । हामी युगान्तकारी परिवर्तनको अग्रगामी सोच बोकेर आम श्रमजीवी जनताको अधिकार, स्वतन्त्रता र मुक्तिमार्ग कोर्न लम्कि रहेका छौ ।
नेपाली राजनीतिक इतिहासमा बर्तमान राजनीतिक प्रणाली जनताको नजरमा सबभन्दा बढि नकाम सावित भएको छ । देश सरकारले होइन माफीया, तस्कर, भ्रष्ट र विचौलीयाले संचालन गरिरहेको छ । पुरानो राज्य प्रणालीका समग्र अबयभहरु औचित्यहीन सावित भएकाछन् ।
राज्य प्रणालीको पूरानो संरचनाले परिवर्तित समय र जनताको नयाँ चेतनाको प्रतिनिधित्व गर्न असफल भैसकेको छ । राजनीतिक पार्टी र तिनको नेतृत्व राज्य संचालनलाई जनसेवा र सुशासन होइन कमाउ धन्दामा केन्द्रित गर्दैछन । राजनीतिक पार्टीभित्र राजनीतिक संस्कार र राजनीति प्रणालीको बिकास हुन सकेको छैन । हरेक राजनीतिक पार्टीभित्र भ्रष्ट, तस्कर, सूदखोर र माफियाहरुको बाहुल्यताले सिंगै राजनीतिक प्रणालीलाई प्रदूशित पारेको छ ।
नेपालका पुराना राजनीतिक पार्टीहरु संसदीय ब्यवस्थाको मन्त्र जपेर सत्तामा जाने र भत्ता पचाउने भन्दा राज्य र जनताको पक्षमा काम गर्न असफल भएका छन । मौजुदा राजनीतिक प्रणालीको बिकल्पमा नेपाली मौलिक राजनीतिक प्रणालीको विकास बिना नेपालको उन्नती र प्रगती असम्भव छ ।
बर्तमान नेपाली सत्तासंकट भनेकै राजनीतिक आरणमा गैरराजनीतिक काम गर्ने नेतृत्वको अदूर्दशी चेतना र भ्रष्ट मानशिकताको उपज हो । देशको राजनीतिक संकट समाधानमा पुरानै असफल पार्टी र नेतृत्वबाट सम्भव छैन । जो सत्तामा गए पनि दुधको साक्षि बिरालो भने जस्तै हो, कालो या सेतो जुन बिरालो भएपनि दुध चोर्न छाड्दैन ।
नेपालका राजनीतिक पार्टीदेखि न्याय, प्रशासन, सुरक्षा कार्मचारीतन्त्रको केन्द्रदेखि इकाइसम्म भष्ट्रचारको दलदलमा फसेको छ । राज्यको जनसरोकार राख्ने कुनै पनि निकायमा बिना घुस र बिना बिचौलीया कुनै पनि काम हुन सक्दैन । राज्यका हरेक निकायमा एकदिनमा हुने काम महिनौ मात्रै होइन बर्षै लाग्ने गर्दछ साथै हरेक ठाँउमा सोर्सफोर्स र घुस विना कुनै काम हुन सक्दैन ।
राज्यको दायित्व भित्र हुनुपर्ने शिक्षा, स्वास्थ्य र न्याय समेत जनताले नीजि ब्यापारीसंग खरिद गर्नु पर्दछ । शिक्षा, स्वास्थ्य र न्यायका क्षेत्रहरु मनलाग्दी रुपमा ब्यापारीक केन्द्रमा परिणत भैरहेका छन, जसको अनुगमन र नियन्त्रण गर्ने निकायहरु बिचौलीया बनेका छन । सरकारबाट शुसासनको बदला कमिशन, घुस खाने बाहेक जनसरोकारको कुनै काम हुने गरेको छैन । संसदीय पूँजीवादी प्रणालीमा सबै मन्त्रालय तथा सो अन्तरर्गतका निकायहरु भष्ट्रचारका अखडाको रुपमा संचालित छन ।
नेपालमा पटक पटक राजनीतिक आन्दोलनहरु हुदै आएता पनि देशमा कुनै परिवर्तन हुन सकेको छैन । परिवर्तनको नाममा साइनबोर्डहरु र शासकवर्ग मात्रै फेरिएका छन । राणाशासन, पञ्चायती ब्यबस्था, बहुदलीय ब्यबस्था, लोकतन्त्र र गणतन्त्रमा समेत कुनै परिवर्तन भएको छैन ।
नेपालमा नाम मात्रको राजनीतिक परिवर्तन भए पनि शासकवर्गको आचरण, कार्यशैली, जीवनशैली, संस्कार र संस्कृतीमा कुनै फेरबदल आएको छैन । राणा शासनदेखि शासक वर्गको आचरण, कार्यशैली, जीवनशैली, संस्कार र संस्कृती हालसम्म उहीँ यथावत नै छ । जवसम्म राज्यप्रणालीको आम बिशेषताको साथै यसको आधार र उपरिसंरचना परिवर्तन हुदैन तबसम्म राजनीतिक परिवर्तन भएको मानिदैन ।
वर्तमान नेपालको राज्यप्रणालीमा समूल रुपान्तरण नहुदासम्म समग्र राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र संस्कार बदल्न सकिदैन । पूरानो संसदीय ब्यवस्था बिश्वमै असफल र नकाम सावित भैसकेको छ । संसदीय पूँजीवादी ब्यवस्थाले आम श्रमजीवी जनतालाई प्रजातन्त्र र मानव अधिकारको दुहाइ दिएर शोषणको चक्रब्यूहमा फसाँउछ । यो ब्यवस्थाले शोषक, जालीफटाहा, गुण्डा, भ्रष्ट, तस्कर, माफीया, बिचौलीया र दलालहरुको माध्यमबाट कृतिमअभाव, कालोबजारी, तस्कारी, सिन्डिकेट र कार्टेलिङ्ग मार्फत जनतालाई दुःख मात्र दिने गर्दछ ।
संसदीय पूँजीवादी ब्यवस्थाले संभ्रान्तवर्ग, शोषक, जालीफटाहा, गुण्डा, भ्रष्ट, तस्कर, माफीया, बिचौलीया दलालहरुको मात्र हितरक्षा गर्दछ । नेपाली अर्थतन्त्रको बिश्लेषण गर्दा बहुराष्ट्रिय र परराष्ट्रिय पूँजीले राष्ट्रिय पूँजीलाई धाराशाही बनाई रहेको छ भने बित्तीय पूँजीले औद्योगिक पूँजीलाई धाराशाही बनाइरहेको छ । जसको कारण देश दिन दोगुना रात चौगुना पराधीन बन्न पुगेको छ।
नेपालको बिद्यमान राजनीतिक प्रणालीलाई शल्यक्रिया गरेर नेपालमा मौलिक राजनीतिक प्रणालीको बिकास गर्न हामीले अाम जनतालाई नयाँ ढंगले प्रशिक्षित गर्न आवाश्यक छ । हामी समग्र नेपाल र नेपाली जनताको भाग्य र भविश्यप्रति चिन्तित छौ । नेपालको कूराजनीतिक संस्कारलाई दाहासंस्कार गरेर नेपाली मौलिकता सहितको राज्य प्रणालीको बिकास गर्नको लागि भगिरथ प्रयत्न जारी राखेका छौ ।
जसमा जन–उत्तरदायी सरकार, लोक–कल्याणकारी राज्य, भष्ट्रचारमुक्त शासनप्रणाली, समतामूलक न्यायप्रणाली, शोषण तथा बिभेदरहित समाज र शु–शासानको ग्यारेण्टी भएको आत्मानिर्भर, स्वाधीन र स्वतन्त्र राज्यप्रणाली हुनेछ । नेपालका पुराना राजनीतिक पार्टीहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा बिदेशीको रिमोर्टबाट संचालित भएकाले हामी जनताको चाहाना अनुरुप चल्ने एकाईसौं शताब्दीको जनआधारित पार्टी निर्माणमा छौ ।
नेपाली राजनीतिको नयाँ मार्गचित्र भनेको राजनीतिमा–स्वाधिनता, अर्थतन्त्रमा–आत्मानिर्भरता र राष्ट्रियसुरक्षामा–जनप्रतिरक्षाको मूल कार्यदिशा नै नेपाली राजनीतिको मौलिक र बैज्ञानिक कार्यदिशा हो । यहि कार्यदिशाको आधारमा नेपाली राजनीतिले राज्यको आधार र उपरिसंरचनामा आमूल परिवर्तन गर्न सक्छ भन्ने हाम्रो ठम्याइ रहेको छ ।
नेपालको पुरानो राज्यप्रणालीमा मानसिक, बौद्धिक, शारीरिक रुपले भ्रष्ट्र र पटक पटक असफल ब्यक्तिहरु राष्ट्रप्रमुख र सरकार प्रमुख बन्ने गरेका छन् । जसबाट जनपक्षीय काम तथा देश र जनताको अपेक्षा पूरा हुन सकेको छैन । जवसम्म पूरानो परिपाटीको खारेजी गरेर युवा नेतृत्वले राज्यको बागडोर लिदैन तवसम्म देशको अग्रगती र बिकास हुदैन ।
देशको पूरानो राज्ययन्त्रलाई बदलेर आमरुपान्तरण गर्नु नै हाम्रो पहिलो र मुख्य अभिभारा हो । देशका समग्र क्षेत्रमा आम समावेशिकरण बिना राज्यको रुपान्तरण असम्भव छ । देशको शिक्षा, स्वस्थ्य, न्याय र जनप्रशासनमा जनताको समान पहुच आवश्यक हुन्छ । जनताका आधारभूत आवश्यकता राज्यले निशुल्क प्रदान गर्नु पर्दछ । महिलाहरुलाई राज्यका सबै तहमा समान प्रतिनिधित्व र सहभागीता अनिवार्य गराउनु पर्दछ ।
देशमा पूर्व राष्ट्रपती, प्रधानमन्त्री र मन्त्रिहरुले राज्यको ढुकुटी दूरुपयोग गर्दै लिदै आएको बिशेषाधिकारको अन्त गर्नुपर्दछ । गरिवीका रेखामुनि रहेका आमश्रमजीवी जनतालाई शिक्षा, स्वस्थ्य र न्याय निशुल्क गरिनु पर्छ । उनीहरुको खाध्य संप्रभुताको संरक्षणको साथै राज्यका हरेक तहमा वर्गीय प्रतिनिधित्व सूनिश्चित हुन पर्दछ ।
श्रमिक र गरिव जनसमूदायलाई सहुलियत कार्डको ब्यवस्था, रोजगारीको सूनिश्चितता, समान राजनीतिका अवसर प्रदान गरिनु पर्छ । राज्यका जनसरोकारका निकायहरुमा सेवाग्राहीलाई हेल्पडेक्स मार्फत निशुल्क सेवा प्रदान गर्ने परिपाटीको शुरुवात पदर्छ । युवाहरु बिदेशीने काम रोकिनु पर्छ ।
राज्यको आम रुपान्तरण गर्न देशमा श्रम शिक्षा लागू गर्नु पर्दछ । राज्यले भू–उपयोग नीति, कृषि नीति, भूगर्भ तथा अनुशन्धान नीति, जलश्रोत नीति, जनस्वस्थ्य नीति, उर्जा नीति, औद्योगिक नीति, यातायात नीति, महिला, बृद्ध र वालवालिका सम्वन्धि नीति, सीमान्तकृत जनसमूदाय र जनजाती सम्बन्धि नीति, न्याय तथा सामाजिक सुरक्षा नीति, प्राकृतिक श्रोत साधन संरक्षण र उपयोग नीति, परराष्ट्र नीति, पर्यटन नीति, पर्यावरणीय नीति, जनप्रतिरक्षा नीति आदीमा आमूल परिवर्तन नगरी देशको पुरानो राज्यप्रणालीलाई बदल्न सकिदैन ।
भष्ट्र नेता र कर्मचारीहरुले अबैध रुपमा आर्जन गरेको सम्पती जफत र राष्ट्रियकरण, भूमिको बैज्ञानिक मापदण्ड र हदबन्दीको निर्धारण, सीमा अतिक्रमणको रोकथाम, असमान संन्धि संझौताको खारेजी, कृषि आयत प्रतिस्थापन, रुग्ण उद्योगको संरक्षण र बिकास, भूमिहिन तथा सुकुम्बासीको पूनर्बास, कमैया प्रथाको खारेजी, बहुर्राष्ट्रिय पूँजी र परराष्ट्रिय पूँजीको नियन्त्रण, बिदेशिएका युवाहरुलाई स्वदेशमै रोजगारी, छुवाछुत प्रथाको अन्त्य जस्ता संवेदनशील मुद्घाको यथाशिघ्र सम्बोधन नगरी राज्यको चित्र फेर्न सकिदैन ।
नेपाली राज्यका आम निकायको समूल रुपान्तरणको मौलिक मार्गचित्र सहित नेपाली बिशेषताको मौलिक राजनीतिक प्रणालीको बिकास अनिवार्य बन्न गएको छ । हामी नेपाली समाजको आमूल रुपान्तरण गर्ने आफ्नो ऐतिहासिक कार्यभार उपरोक्त नीति मार्फत पूरा गर्न चाहान्छौ ।
आम जनसहभागीतामा जनताको बीचमा पानी र माछाको सम्बन्ध स्थापित गर्दै नेपाली राष्ट्र र जनतालाई बिश्वको स्वतन्त्र, समुन्नत, समृद्ध, बिकसित र आत्मानिर्भर देश बनाउन नेतृत्व प्रदान गर्नु नै बर्तमान नेपाली राजनीतिको अबवश्यकता हो ।
प्रतिकृया दिनुहोस्
Loading...