मुर्दा संविधान !

काठमाडौं, ३ असोज ।

विदेशबाट आएको रेमिटान्समा देश चलाउने, नेपाली अर्थतन्त्र ध्वस्त पार्ने र देशलाई गतिहीन र जर्जर बनाउने बाहेक अहिलेको संसदवादी पार्टीका नेताहरुको अरु कुनै कार्य छैन ।

देखावटी संसदीय प्रतिस्प्रर्धाका नाममा करोडौ खर्च गरेर चुनाव लडने संसद र सरकारमा जाने चुनाव खर्च उठाउने फेरि अक्रो चुनावलाई करोडौ रकम जुटाएर राख्ने र आफ्ना अघिपछि लाग्नेहरुलाई दुई चार पैसा बाड्नेबाहेक अहिलेका संसदबादी दलका नेताहरुबाट अरु कुनै आशा र अपेक्षा गर्नु आफ्ना भावी पुस्ताको भविष्य खाल्डोमा पार्नु हो ।

यदि यो बाहेक अरु कुनै काम यी नेताको छ भने कृपया जानकारी पाउ महोदय ! कुन नेताले राष्ट्रिय अर्थतन्त्रबारे कुरा गरेको छ ?उधोगधन्दा, वेरोजगार युवाबारे कुरा उठाएको छ ?

सिक्षा यति महँगो हुदैछ कि अबका दश बर्षमा सामान्य परिवारले स्कुल भर्ना समेत गर्न सक्ने छैनन । खर्बौ रकम खर्चेर हतियार किनिएको छ, ति हतियार किन र केका लागि किनिएको छ ? ति हतियार बोकेर न त चिन र भारतिय दुश्मन सगँ लडन सकिन्छ न त कुनै अन्तराष्ट्रिय हस्तक्षेपबिरुद्द सेना र प्रहरि लडन सक्छन ?


जुन देशमा मन्त्रि र सांसदले म्यानपावर चलाएका छन, ति मन्त्रि र संसदले ति देशका युवालाई रोजगार दिन्छन कि बिदेश पठाउछन आफै कल्पना गर्नुस । उल्टै विदेश पुगेका साथिहरु म्यानपावरवाला मन्त्रिको तारिफ गर्न बाध्य छन । जुन देशमा सबै भन्दा महँगो बोडिङका सञ्चालकसगँ शिक्षा निति र व्यवस्थाबारे सांसद र मन्त्रिहरु परार्मश गर्छन त्यो देशमा शिक्षा निति कस्तो बन्छ आफै कल्पना गर्नुस ।

आज संविधान दिवस रे जुन संविधानलाई हामिले बधाई र शुभकामना दिदैछौ, हामिलाई नै थाहा छैन कि यो संविधानले नेपाली युवाको भविष्य कता लादैछ ?

मान्छे बेरोजगार छ राज्यलाई कुनै मतलब छैन । युवालाई चुनाव प्रचारको साधन बनाएको छ केहि एकाआधलाई जागिर लगायो उसले आफ्नो कामकाज छाडेर पार्टीको झण्डा बोक्छ र ठुला कुरा गर्दै मुखिया बनेको छ । हामि कति विवस छौं भने बाध्य भएर यो मुर्दा संविधानलाई शुभकामना दिनै परेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...