प्रचण्डसहित २१ माओवादी नेतालाई जेल हाल्ने अख्तियारको योजना
काठमाडौँ ४ असोज।
अख्तियार अनुसन्धान दुरुपयोग आयोगले नेपकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसहित २१ जना नेतालाई लडाकु शिविरको भ्रष्टाचार प्रकरणमा जेल पठाउने योजना बनाएको छ।
भारत भ्रमणबाट फर्किए लगत्तै प्रधानमन्त्री प्रचण्डले सोमबार अपराह्न बसेको माओवादी केन्द्रको बैठकमा आफूसहित माओवादीका २१ नेतालाई अख्तियार लगाएर जेल हाल्ने गम्भीर योजनाको खुलासा गरेका हुन् ।
प्रचण्ड भारत भ्रमणमा गएको मौका छोप्दै एकाएक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकु शिविरको भ्रष्टाचार प्रकरणमा छानविन अघि बढेको जानकारी दिँदै नेताहरुलाई वयानका लागि उपस्थित हुन निर्देशन जारी गरेको थियो ।
अख्तियारले लडाकु शिविरको भ्रष्टाचार प्रकरण उल्ट्याएपछि यसलाई व्यवस्थापन गर्न प्रचण्डले एकाएक अमेरिका भ्रमण समेत रद्ध गरेका थिए ।
आइतबारको वैठकमा प्रचण्डले लडाकु शिविरको भ्रष्टाचार प्रकरण अगाडि ल्याउन अख्तियारलाई एमालेले उकासेको आरोप पनि लगाएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।
लडाकु शिविरको भ्रष्टाचार प्रकरणमा आफूसहित पार्टीका २१ नेतामाथि छानविन थालेपछि प्रचण्डले अख्तियारले गर्ने कारवाहीलाई ब्यवस्थापन गर्न केही कदम चाल्ने तयारी गर्ने बताएका थिए ।
स्रोतका अनुसार लडाकु शिविरको भ्रष्टाचार प्रकरणमा अख्तियारले प्रधानमन्त्री प्रचण्ड, उपराष्ट्रपति नन्दबहादुर पुन, अर्थमन्त्री कृष्णबहादुर महरा, माओवादी नेता वर्षमान पुन, ऊर्जामन्त्री जनार्दन शर्मा, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनाललाई एक महिना भित्र उपस्थित हुन भन्दै पत्र काटेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...