त्रिशुलीमा कार खस्दा पूर्वगृहमन्त्री घिमिरे सहीत ३ बेपता, ३ जनाको शव भेटियो

चितवन ९ असोज। 

पूर्व गृहमन्त्री तथा नेपाल सरकारका पूर्व मुख्य सचिब समेत रहेका माधव घिमिरे चढेको कार त्रिशुली नदीमा खस्दा उनकी आमासहित तीन जनाको मृत्यु भएको छ। 

पूर्वगृहमन्त्री घिमिरेसहित तीन जना अझै बेपत्ता रहेको चितवन प्रहरीले जानकारी दिएको छ। मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको घिमिरे सवार बा ९ च १५३१ नम्बरको कार मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभीरबाट त्रिशुली नदीमा खसेको हो।

मृत्यु हुनेहरुमा घटनास्थलमा घिमिरेकी आमा ८० वर्षीया चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको शव भेटिएको विपत ब्यवस्थापन तालिम केन्द्र कुरीनटारका प्रवक्ता एसपी गणेशबहादुर थापाले जानकारी दिएका छन् । 

पूर्वमुख्य सचिव घिमिरे, उनका भाइहरु प्रकाश र मोहन वेपत्ता रहेको प्रहरीले जनाएको छ । उनीहरु मुक्तिनाथ दर्शन गरी काठमाडौं फर्किंदै थिए ।

कार पुरै पानीमा डुबेको र खोजीकार्य जारी रहेको चितवन प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिए ।

उद्धारका लागि कुरिनटारस्थित सशस्त्र प्रहरी बलको आपतकालीन टोली परिचालन गरिएको छ ।

गाडी चालक बिष्णु राईको भने जीवितै उद्धार गरिएको छ । उनि हामफालेर बाँचेका थिए। घाइते चालकलाई उपचारका लागि भरतपुर लगिएको छ। ‘पूर्वगृहमन्त्रीसहित तीन जना अझै बेपत्ता रहेका छन्।

दुर्घटनामा परेको कार तथा बेपत्ताहरूको खोजीका लागि प्रहरी खटिएको छ। घिमिरे खिलराज रेग्मी मन्त्रिपरिषद अध्यक्ष हुँदा गृहमन्त्री थिए।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...