अवरुद्ध मेची राजमार्ग दुई दिन पछि सुचारु

ताप्लेजुङ ९ भदौ ।

अविरल बर्षापछि झरेको पहिरोका कारण सोमबार रातिदेखि अबरुद्ध भएको मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ-पाँचथर सडक खण्ड आज विहानबाट सञ्चालनमा आएको छ ।

अबिरल बर्षाका कारण सडकमा माथिबाट झरेका ठुला-ठुला ढुङ्गा पन्छाउन समय लागेकाले दुई दिन पछि आज विहानबाट मात्र सडक सञ्चालन गर्न सकिएको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर गौतम श्रेष्ठले जानकारी दिए ।

सडक सञ्चालनमा आएसँगै ताप्लेजुङबाट पाँचथर, इलाम, झापा हुँदै विभिन्न स्थानमा जाने साना तथा ठुूला सवारीसाधन गन्तव्य तर्फ प्रस्थान गरेका छन् भने ताप्लेजुङ भित्रने सवारी साधन पनि भित्रन थालेको ट्राफिक प्रहरीले बताएको छ ।

गत भदौ १७ गते राति ताप्लेजुङ नगरपालिका ८ को मेवाराजा क्षेत्रमा झरेको ठूलो पहिरोले राजमार्गको ताप्लेजुङ-पाँचथर सडक खण्डको दर्जनौ स्थान बगाउँदा नयाँ ट्याकबाट सडक सञ्चालन हुँदै आएको थियो । त्यसपछिको वर्षाले पनि उक्त क्षेत्रमा स-साना पहिरो झर्दा सडक अबरुद्ध हुँदै आएको छ ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...