शैक्षिक महोत्सवमा एक करोड ३४ लाख सङ्कलन
लमजुङ, ३१ भदौ ।
सदरमुकाम बेसीशहरमा सञ्चालित शैक्षिक महोत्सवमा रु एक करोड ३४ लाख सङ्कलन भएको छ ।
बेसीशहरमा रहेको जनविकास उच्च माविलाई प्राविधिक नमुना विद्यालय बनाउने उद्देश्यका साथ आयोजित शैक्षिक महोत्सवमा सो रकम सङ्कलन भएको हो ।
महोत्सवमा सबैभन्दा धेरै नगद बेसीशहरका नारायणबहादुर सुँयलले रु एक लाख ५२ हजार दान गर्नुभएको विद्यालयका प्राचार्य रत्नमान श्रेष्ठले जानकारी दिए ।
विद्यालयमा यसै वर्षबाट सुरु गरिएको प्राविधिक शिक्षालाई प्रभावकारी बनाउन शैक्षिक महोत्सव आयोजना गरिएको हो । महोत्सवबाट सङ्कलित रकमले विद्यालयमा १० कोठे छात्रावास निर्माण गरिने श्रेष्ठले बताए ।
गत भदौ २३ गतेदेखि सुरु भएको महोत्सवमा एकसय आठ राष्ट्र शान्ति महायज्ञका सङ्कल्पकर्तावाचक गोविन्द शरण र वाचीका मिरादेवीले श्रीमद्भागवत कथावाचन गरेका थिए ।
महोत्सवमा हिन्दूबाहेक अन्य धर्ममा आस्था राख्नेले पनि दान तथा सहयोग गरेका थिए ।

प्रतिकृया दिनुहोस्
Loading...