पारिश्रमिक वृद्धिलगाएतको माग राख्दै बन्दरगाहका श्रमिक आन्दोलित

काठमाडौं,७ असोज ।

सिर्सिया सुख्खा बन्दरगाह वीरगन्जमा दैनिक ज्यालादारीमा काम गर्ने कामदारहरुले पारिश्रमिक वृद्धिका लागि माग गरेका छन् ।

मालसमान लोडअन्लोड गर्ने करिब ४ सय कामदारले ठेकेदारसँग दैनिक ज्यालादारी बढाउनु पर्ने माग गरेका हुन् । उनीहरुले हिजो विहीवार सशस्त्र प्रहरी बेश क्याम्प, अलौ अगाडि रहेको बगैचामा भेला गरेर ज्याला वृद्धिको गर्नु पर्ने निर्णय गरेका हुन् ।

मजदुर अगुवा भोला पासवानका अनुसार रेलको एउटा वोगीको समान अनलोड गरे वापत ठेकेदारले ३ हजार ५ सय र प्रति बोरा ट्रक वा अन्य गाडीमा लोड गर्दा कम्तीमा ४ रुपैया दिनु पर्ने माग रहेको बताए । ठेकेदार पक्षले यस्तो नगरे काम ठप्प पारी कडा आन्दोलनमा उत्रिने कामदारहरुले चेतावनी दिए ।

यसअघि ठेकेदार पक्षले रेलको एउटा वोगीको समान अनलोड गरे वापत २ हजार २ सय रुपैयाँ र प्रति बोराको समान गाडीमा लोड गर्दा २ रुपैया दिदै आएको छ । गत वर्ष माससमान ओसापसार गराउने ठेक्का पाएको कम्पनीमा १० जना मेठ (सहायक ठेकेदार) हरुले काम गराउँदै आउका थिए ।

चालु आर्थिक वर्षको लागि करण चौधरीलाई ठेक्का परेको छ । उनको मातहत पनि १४ जना सहायक ठेकेदार अर्थात मेठहरुले यिनीहरुलाई काममा खटाउँछन् । गत वर्षको सहायक ठेकेदारहरुमा विश्वराज पटेल, कामेश्वर पटेल, सन्तोष तिवारी, पन्नालाल तुरहा, अकलु राउत, भैयाराम राउत, रामानन्द चौधरी, नरेश चौधरीलगायत १० जना थिए ।

नयाँ ठेकेदार आएतापनि पैसा नबढाउँदा आफुहरु विहीवार दिन भर काम ठप्प पारेको उनीहरुले बताए । ठेकेदारले बन्दरगाह सञ्चालक कम्पनी हिमालय टर्मिनलबाट प्रति वोगी ४ हजार ५ बुझ्ने गरेको तर आफुहरुलाई थोरै पैसा दिँदा आफुहरु पारिश्रमिक बढाउने माग गरेको बताए । रेलको एउटा ¥याकमा ४२ वटा वोगी माससमान हुन्छ ।

भारत तथा तेस्रो मुलुकबाट आउने मालसमानहरुमा मल, चिनी, भटमास, पिना, तोरी, दाल, मकै, फलाम, फलाईस, चामल, गँहुलगायत हुन्छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...