अवरुद्ध लघुजल विद्युत् सेवा एक हप्तामा सञ्चालन हुने
गुल्मी, ८ असोज ।
गुल्मीको नेटा गाविस–२ बाट सञ्चालित बडिघाट खोला लघुजल विद्युत् अवरुद्ध आयोजना अझै सञ्चालनमा आउन सकेको छैन् ।
झन्डै दुई महिना अघि वर्षासँगै बढिघाट खोलामा बाढीले आयोजनाको झन्डै १०० मिटरभन्दा बढी कुलोको नहर बगाएपछि विद्युत् सेवा अवरुद्ध बनेको थियो ।
विद्युत् सेवा सुचारु नहुदा विभिन्न विद्यालयमा पढ्ने करिब दुई हजारभन्दा बढी विद्यार्थीलाई बिजुलीका कारण समस्या भइरहेको आयोजनाका अध्यक्ष रामराज घिमिरे जानकारी दिए।
विद्युत् सेवा अवरुद्ध हुँदा गुल्मी र बागलुङका दुई गाविसका झन्डै एक हजार घरधुरीका उपभोक्ता र उद्योगधन्दालगायत समेत ठप्प भएका छन् ।
हाल आयोजनाको नहरको कुलो निर्माण कार्य तीव्र गतिमा एक हप्तादेखि भइरहेको र अब एक हप्तामा नहरको कुलो निर्माण सम्पन्न हुने र दशैं अघि नै विद्युत् सेवा सञ्चालन गरिने अध्यक्ष घिमिरेले बताए ।
प्रतिकृया दिनुहोस्
Loading...