नेपाली अर्गानिक फलफूल भारतीयलाई विस्थापित गर्ने

  • काठमाडौं, ६ असोज ।

नेपालका हिमाली जिल्लाहरुसम्म यातायात पुग्ने थालेपछि स्याउलाई व्यवसायीक रुपमा काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।

हिमाली जिल्लामा उत्पादन हुने स्याउलाई काठमाडौँलगायतका शहरसम्म ल्याउन हिमाली अर्गानिक स्याउ तथा फलफुल व्यवसायी महासंघको गठन भएको छ ।

बुधबार काठमाडौँमा एक भेलाले लङ्कमान रोक्को अध्यक्षतामा ९ सदस्यीय हिमाली अर्गानिक स्याउ तथा फलफुल व्यबसायी महासंगको गठन भएको छ ।

नेपालका हिमाली जिल्ला उत्पादन भएर खेर गइरहेको स्याउ तथा फलफलुलाई शहरसम्म पुर्याउन महासंघको गठन गरिएको नव गठित महासंघका महासचिव बिजय भण्डारीले जानकारी दिए ।

महासचिव भण्डारीले तत्काल कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटका साथै मनाङ, मुस्ताङ र बाजुरामा उत्पादन भएको फलफुललाई बजारसम्म ल्याउने र विस्तारै अन्य जिल्लामा पनि विस्तार गर्ने बताए ।

हिमाली जिल्लामा उत्पादन हुने फलफुल नेपालका शहर–बजारसम्म ल्याउन पुग्ने भएपछि अब भारतीय फलफलु विस्तापित हुने महासंघको ठम्याई छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...