पत्रकार व्यावसायिक बन्नुपर्दछ : स्वास्थ्य मन्त्री थापा

असोज ७ चितवन ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले पत्रकारका संस्था सक्षम भए आम पत्रकार सक्षम बन्न सहयोग पुग्ने बताएका छन् । 

नेपाल प्रेस युनियन जिल्ला शाखा चितवनको निर्माणाधिन भवनको आज अवलोकन गर्दै उहाँले पत्रकार व्यावसायिक बन्नुपर्नेमा जोड दिए ।

मन्त्री थापाले पत्रकारिता क्षेत्रबाट पत्रकार बाँच्न सक्नुपर्ने भन्दै त्यसका लागि सरकारी तवरबाट हुनसक्ने सहयोगका लागि सरकार सकारात्मक बन्नुपर्ने पनि बताए ।

देशमा नै पहिलोपटक नेपाल प्रेस युनियन चितवन शाखाले आफ्नै भवन बनाउन लागेकोमा खुसी व्यक्त गर्दै उनले यसले देशका अन्य शाखालाई पनि प्रेरणा मिल्ने बताए ।

जग्गा दान गर्ने समाजसेवी मैयादेवी श्रेष्ठ, आर्थिक सहयोग गर्ने दाता र निर्माणमा जुट्ने पत्रकारप्रति मन्त्री थापाले आभार व्यक्त गरे ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...