बेहुला नपाएपछि आफैसँग विवाह गर्न थाले युवतीहरु

सीरिया एउटा इस्लामिक देश हो । यहाँ विवाह गर्न योग्य पूरुषहरुको ठुलो खडेरी परेको छ । धेरै युवाहरु युद्धमा मारिसकेका छन् । भाग्न सक्ने जति विदेश पलायन भएका छन् ।

देशमा चलेको गृह युद्धका कारण युवाहरु जुनसुकै पक्षको पनि शिकार भएका छन् । 

यसका कारण युवाहरुको संकट परेको छ भने युवतीहरुको संख्या अधिक भएको छ । इस्लाममा समलैंगिता विवाहलाई मान्यता छैन ।

यसका कारण पनि सीरियाका महिला तथा युवतीहरुको अर्को विकल्प पनि रहेको छैन । त्यसका कारण पनि उनीहरु आफैमा विवाह गर्न थालेका छन् । सीरियामा पछिल्लो समय भएका विवाहमा निकै आश्चर्य लाग्दो हुने गरेको छ ।

विवाहका सबै प्रक्रिया गरिन्छ, रितिरिवाज पनि पुरा गरिन्छ तर बेहुला भने हुदैनन् । सीरियामा पूरुषहरुलाई अनिवार्य रुपमा सेनामा भर्ती हुनुपर्ने नियम रहेको छ । यसैका कारण पनि धेरै युवाहरु मारिने वा देश नै छोडेर भाग्ने गरेका हुन् ।

युवाहरु नभएपछि सीरियामा ठुलो समस्या देखिन थालेको छ । विदेशीसँग विवाह गरेर देश नै छाड्ने युवती तथा महिलाहरुको संख्या पनि उच्च रहेको छ ।

देशकै युवाहरुसँग विवाह भएपनि उनीहरुलाई देश छोड्न महिला तथा युवतीहरु प्रेरित गर्ने गरेका छन् । 

जब उनीहरुको श्रीमान् देशबाहिर पुग्न सफल हुन्छन् तब महिलाहरु आफ्ना बच्चा लिएर श्रीमान् भएको ठाउँमा जान सीरिया सरकारले अनुमति दिने गरेको छ ।विदेशीसँग विवाह गर्न सीरियामा कुनै रोकतोक छैन । एजेन्सीकाे सहयाेगमा

, ,

प्रतिकृया दिनुहोस्

Loading...