एलेप्पो शहरमा फेरी हवाई आक्रमणमा,२७ जनाको ज्यान गयो

एजेन्सी, ८ असोज ।

सिरियाको एलेप्पो शहरमा गरिएको हवाई आक्रमणमा फेरि २७ जना मारिएका छन् ।

सरकार र विद्रोहीबीचको संघर्षमा सर्वसाधारण मारिने क्रम तीब्र बनेको छ । विद्रोहीको नियन्त्रणमा रहेको एलेप्पोमा सरकारी सेनाले कब्जा जमाएको घोषणा गरेको केही घण्टापछि फेरि गरिएको हवाई आक्रमणमा उनीहरु मारिएका हुन् ।

यस हवाई आक्रमणमा सिरिया र रुसी विमानको संलग्नता रहेको जनाइएको छ । यद्यपि, रुसका तर्फबाट यसबारे कुने आधिकारिक पुष्टि भएको छैन ।

यता, अमोरिका र रुसबीच सिरियामा भइरहेको संघर्ष अन्त्यका लागि सुरु भएको वार्ता पनि कुनै निष्कर्ष बिना टुंग्गिएको छ ।

सिरियामा रुसले राष्ट्रपति बशर अल असदको नेतृत्वको सरकार तथा अमेरिकाले विपक्षलाई समर्थन गरेका छन् ।

यसैबीच रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले सिरिया द्वन्द्व समाधानका लागि अमेरिका र रुसबीच सहमति आवश्यक रहेको र सहमतिमा युद्धविराम गर्नुको विकल्प नरहेको बताए ।

संयुक्त राष्ट्रसंघको महासभामा रुसी विदेशमन्त्री लाभरोभले अमेरिकाले आफ्नो समर्थन रहेका विपक्षीलाई नियन्त्रणमा राख्न नसकेको आरोप पनि लगाए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...