पहिरोले अस्पतालको भवन भत्कियो
खोटाङ, ७ असोज ।
नयाँ भवन निर्माणका लागि घडेरी सम्याउने क्रममा पहिरो झरेपछि जिल्ला अस्पताल खोटाङको प्रशासन भवन भत्किएको छ ।
भवन निर्माणका लागि घडेरी सम्याउने क्रममा भित्ताबाट सुरु भएको पहिरोले तानेपछि अस्पतालको प्रशासन सञ्चालन हुँदै आएको चारकोठे भवन भत्किएको हो ।
स्काभेटर प्रयोग गरेर घडेरी सम्याउने क्रममा पानी उब्जिएर भित्ता झर्न थालेपछि अस्पतालको थप दुईवटा शौचालय र शव परीक्षणगृहसमेत जोखिममा परेको छ ।

दुई वर्षभित्र निर्माण सम्पन्न गरेर अस्पताललाई बुझाउने गरी खानी निर्माण सेवा प्रालिले भवन निर्माणको काम थालेको थियो ।
ठेकेदार कम्पनीको लापरबाहीका कारण अस्पतालको प्रशासन भवन भत्किएको अनुमान गरिएको छ । अस्पतालमा सहरी विकास भवन डिभिजन कार्यालय उदयपुरको दुई करोड ३६ लाखको लागतमा कार्यालय प्रयोजनका लागि अढाइ तले भवन बनाउन लागिएको हो ।

प्रतिकृया दिनुहोस्
Loading...