ईयूले गर्यो सार्वजनिक क्षेत्रमा निःशुल्क वाइफाइ ल्याउने घोषणा

काठमाडौं, २ असोज ।

युरोपेली संघ ईयूले आफ्ना सदस्य राष्ट्रको सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ ल्याउने योजना बनाएको छ । 

यूरोपेली आयोगका प्रमुख जिन क्लाउड जङ्करले आगामी ४ वर्षको अवधिमा ईयू राष्ट्रभित्र निःशुल्क वाइफाइ ल्याउने लक्ष्य लिएको बताएका छन् ।

यससँगै उनले सन् २०२० सम्म ईयूमा आबद्ध हरेका राष्ट्रले फाइभ जी मोबाइल नेटवर्क विस्तार गर्नुपर्ने चाहना व्यक्त गरेका छन् । 

यद्यपि एक विज्ञले भने यो योजनाबाट जनता लाभान्वित हुने कुरामा शंका व्यक्त गरेका छन् । यो योजनामा बेलायत भने समाबेश छैन ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...