माथिल्लो तामाकोसीका मजदूर हड्तालमा, वर्षदिनको पारिश्रमिकी दिन छोडेर हाइड्रोले उल्टै धम्क्याउने गरेको खुलासा


दोलखा,३१ भदौ ।  

माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा कार्यरत श्रमिकहरुले ११ सूत्रीय माग राखि भाद्र २८ गतेदेखि हड्तालमा उत्रेका छन । उक्त आयोजना अन्तर्गतको सिनो हाइड्रो कर्पोरेसनले परियोजना निमार्माणास्थल दोलखा लामाबगरमा कार्यरत श्रमिको १ बर्ष अघिदेखिको पारिश्रमिक दिएको छैन ।

भूकम्प पछि निर्माण शुरु भएपछि विगतमा खाइपाइ आएको तलव भत्ता सेवा सुविधा भारिमात्रामा कटौती गरेको श्रमिकहरुको आरोप रहेको छ । श्रमिकहरुलाई आ-आफ्नो कार्यक्षेत्र भन्दा बहिरको काममा लगाउदै श्रमऐन अनुसारको सेवासुबिधा नपाएको गुनासो रहेको छ । विगत ४ दिनदेखि हड्तालमा रहेपनि ब्यबस्थापनले कुनै चसो नराखेको श्रमिकहरुको भनाई रहेको छ ।

संयुक्त संघर्ष समितिको ब्यनरमा भैरहेको हड्तालमा भ्याकुम अपरेटर्स, ड्राइभर, डिलर टेक्निसियन, मेकानिक्स, फोरमेन र अन्य श्रमिकहरु हड्तालमा संलग्न छन । सिनो हाइड्रो ब्युरो-६ कर्पोरेसन कं. लि ले बिध्यमान नेपाली श्रमऐन नियमलाई बेवास्ता गर्दै गैरकानुनी रुपमा श्रमिकलाई जथाभावी काममा लगाउदै धम्क्याउने गरेको श्रमिकको गुनासो रहेको छ । श्रमिकहरुको तत्काल माग सम्बोधन गरि समस्या समधान हुनुपर्ने कुरामा जोड रहेको छ ।

११ बुदे मागमा भूकम्प अगाडिको श्रमिकको पाउन बाकी तलव, भत्ता र बोनस तुरुन्तै उपलब्ध गराउनु पर्ने, श्रमिकलाई तोके भन्दा बढी काम लगाउन बन्द गर्नु पर्ने, सरकारी कर्मचारीको अनुपातमा तलव र सेवा सुबिधा बढ्नु पर्ने, काम गर्दा हेल्थ र सेफ्टिको प्रबन्ध हुनु पर्ने, दुर्घटना बिमा र स्वास्थ्य वीमा गर्नु पर्ने, ओभर टायमको डेढीको ब्यबस्था हुनुपर्ने, कार्यस्थलमा खानेपानी, सरसफाइको प्रबन्ध गर्नु पर्ने, श्रमिकलाई गालि गलैज धाकधम्की बन्द हुनु पर्ने र श्रम ऐनको पलना गर्नु पर्ने लगाएतका माग रहेका छन ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...