चरीकोट घटना छानबिन गर्न समिति गठन
काठमाडौँ, १४ असोज ।
सरकारले चरीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा भएको घटनाका सम्बन्धमा छानबिन गरी तीनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको छ ।
स्वास्थ्य मन्त्री गगनकुमार थापाका सल्लाहकार प्रताप पौडेलका अनुसार स्वास्थ्य मन्त्रालयले मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख डा रमेशविक्रम सिंहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बिहीबार गठन गरेको हो ।
समितिमा मन्त्रालयका उपसचिव कृष्णप्रसाद लम्साल र स्वास्थ्य सेवा विभागका शाखा अधिकृत दीपक रिजाल रहेका छन ।
समितिका सदस्य घटनाको विषयमा छानबिन गर्न चरीकोट जानुभएको छ । यही असोज ७ गते केन्द्रमा उपचारका क्रममा साढे दुई वर्षका बालक महादेव रिजालको मृत्यु भएपछि स्थानीयवासीले अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अमानवीय तरिकाले माफ माग्न बाध्य पारेका थिए ।
घटनापछि नेपाल चिकित्सक सङ्घले विहिबार नै स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काठमाडौँ ल्याएको छ । सम्पूर्ण स्वास्थ्यकर्मी काठमाडौँ आएपछि त्यहाँको आकस्मिकसहित अन्य स्वास्थ्य सेवा पनि ठप्प भएको छ ।

प्रतिकृया दिनुहोस्
Loading...