संविधान घोषणा भएको एक बर्ष पुरा, सैनिक मञ्चमा भब्य समारोह

काठमाडौं,३ असोज ।

संविधानसभाबाट संविधान जारी भएको एक वर्ष पूरा भएको छ । एक वर्ष पुरा भएको अवसरमा सरकाले विशेष कार्यक्रम गरी संविधान दिवस मनाउँदै छ ।

संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट पदाधिकारीहरूको उपस्थितिमा एक विशेष कार्यक्रम आयोजना गर्न लागेको हो ।

बिहान ८ बजेदेखि सुरु हुने कार्यक्रममा विशिष्ट पदाधिकारीको उपस्थितिपछि नेपाली सेनाको हेलिकोप्टरबाट संविधान दिवस २०७३ अंकित ब्यानर प्रदर्शन, पुष्पवृष्टि र बेलुन उडाउने, राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशबाट शान्तिका प्रतीक परेवा उडाउने, सेना, प्रहरी, स्काउट र विद्यार्थीको मार्च पास गर्नेलगायतका कार्यक्रम हुनेछन् ।

उता, मधेसकेन्दि्रत दलले भने संविधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाउने जनाएका छन् । संविधान जारी भएको अवसरलाई सरकारले तीन दिन कार्यक्रम गरी मनाउने निर्णय गर्‍यो । जसअनुरुप संसदले हिजै विशेष कार्यक्रम गरी संविधान दिवस मनाएको छ ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...