भूकम्पपीडितलाई तत्काल पाँच लाख दिन बाबुराम भट्टराईको माग

काठमाडौँ,१४ असोज । 


नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकारले भूकम्पपीडितलाई बिनासर्त तत्काल रु पाँच लाख दिनुपर्ने बताएका छन् ।

पार्टीले आज भद्रकालीमा गरेको धर्ना कार्यक्रममा संयोजक डा भट्टराईले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका २५ बुँदे सम्झौताका केही बुँदा नेपालको राष्ट्रहितमा नभएको भन्दै आपत्ति जनाएका थिए ।

धर्ना कार्यक्रममा प्रदेश सीमाङ्कन नमिलाई पञ्चायतकालीन इलाकालाई नै गाउँपालिकामा रुपान्तरण गर्ने निर्णय खारेज गरिनुपर्ने, महँगी तथा भ्रष्टाचार नियन्त्रण र दैनिक उपभोग्य सामग्रीको सुपथ मूल्य कायम गरिनुपर्ने लगायत माग गरिएको थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...