विजया दशमीको टिका लगाउने उत्तम साइत बिहानै

  • काठमाडौं, ८ असोज ।

यसबर्षको दशैंको टिकाको साईत सार्वजनिक गरिएको छ ।

नेपाल पञ्चांग निर्णयक समितिले यसवर्षको दसैंको टीकाको उत्तम साइत असोज २५ गते बिहान ८ बजेर ४५ मिनेटमा रहेको जनाएको छ ।
समितिले आिश्वन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दसैंको साइत सार्वजनिक गरेको हो ।

विजया दशमीको दिन विहान ८ बजेर ४५ मिनेटको समयलाई टीकाको उत्तम साइत तोकिएको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जनकारी दिए ।

आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देवीको प्रसाद ग्रहणका लागि शुभसाइत तोकिए पनि सर्वसाधारणका लागि विजया दशमीको दिनभर नै उत्तम भएकाले जुनसुकै बेला टीका प्रसाद ग्रहण गर्दा पनि शुभ हुने बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...