इन्जिनियर्स एसोसिएसनको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै
काठमाडौँ, ३१ भदौ ।
नेपाल इन्जिनियर्स एसोसिएसनको ३१औँ कार्यकारिणी समिति तथा नेपाल इन्जिनियरिङ परिषद्का सदस्यको आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।
नयाँ नेतृत्वका लागि अहिले बिहान ८ बजेदेखि काठमाडौँसहित देशभरिका जनकपुर, विराटनगर, हेटाँैडा, भरतपुर, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा एकै दिन निर्वाचन हुदैँछ । काठमाडौमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा बिहान ८ बजेदेखि निर्वाचन भईरहेको निर्वाचन समितिका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार निर्वाचनको समय अहिले बिहान ८ देखि बेलुका ६ बजेसम्म राखिएको छ । तीन वर्षका लागि हुन थालेको निर्वाचनमा अध्यक्षका लागि प्रगतिशील तथा पेसागत इन्जिनियर्स समूहबाट डा सुमित्रा अमात्य, लोकतान्त्रिक इन्जिनियर्स समूह हरेराम श्रेष्ठ र नेपाल राष्ट्रिय इन्जिनियर्स समूह डा जगतकुमार श्रेष्ठ तथा अन्य समूहबाट लक्ष्मीप्रसाद देवकोटा र रवीन्द्र फुर्जु नयाँ नेतृत्वका लागि चुनावी मैदानमा छन्।
अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष र १० जना सदस्य तथा परिषद्मा पाँच गरी कुल २० जनाको निर्वाचन हुँदैछ । निर्वाचनमा कार्यकारणी समितिमा ७५ र परिषद् सदस्यका लागि २२ जनाले उम्मेदवारी दिएका छन् ।
विसं २०१९ मा स्थापित एसोसिएसनमा अहिले करिब १२ हजार १३५ मतदाता रहेको निर्वाचन समितिका अध्यक्ष पौडेलले बताए। उनले निर्वाचन सम्पन्न भइसकेपछि मतगणना आजै हुने जानकारी दिए ।

प्रतिकृया दिनुहोस्
Loading...