एमाले बैठक आज सकिदै, अध्यक्ष ओलीले जवाफ दिने
- काठमाडौं,८ असोज ।
नेकपा एमालेको चार दिन देखि जारी बैठकमा आज पार्टी अध्यक्ष केपी ओलीले केन्द्रीय सदस्यहरुले बैठककमा क्रमममा राखेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ ।
तीन दिनका लागि बोलाइएको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल नसकिएपछि एक दिन लम्बिएपछि आज सकिँदै छ । ।
बिभिन्न ९ समुहमा बिभाजन गरी भएको छलफलको निश्कर्ष टोली नेताले हिजोको बैठकमा राखेका थिए ।
उनीहरुले पार्टीलाई मजबुत र एकताबद्ध बनाएर लैजान नेतृत्वपंक्ति एक ढिक्का हुनु पर्ने बताउदै निर्वाचनलाई केन्ऽमा राखेर पार्टी परिचालन गर्नुपर्ने सुझाव दिएका एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
उनीहरुले बर्तमान सरकारले दण्डहीनतालाई प्रश्रय दिने, देशमा शान्तिसुरक्षा कायम राख्नुपर्ने निकायको मनोबल घटाउने र समाजमा संशय सिर्जना गर्ने किसिमले निर्णय गर्न लागेको भन्दै सजग हुन नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
टोली नेताले राखेको सुझावहरुलाई प्रतिवेदनमा समावेश गरी राजनीतिक प्रतिवेदन पास हुनेछ । बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा अपरान्ह ३ बजेपछि बाेलाइएको छ ।

प्रतिकृया दिनुहोस्
Loading...