बैंकिङ कसुरमा ४ जनालाई ४ बर्ष जेल ६ करोड २५ लाख जरिवाना
काठमाडौँ ५ असोज ।
कमल ज्ञवालीलाई अदालतले चार बर्ष जेल सजाय र ६ करोड २५ लाख रुपैयाँ जरिवाना गरेकोे छ । उनी तत्कालीन किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।
ललितपुरको पाटनमा रहेको उच्च अदालतले ज्ञवाली, उनकी श्रीमति र अन्य ४ जनालाई बैकिङ कसुरमा कैद र जरिवाना गर्ने फैसला गरेकोे हो । अदालतलेज्ञवालीकी पत्नी गौरी खनाललाई ३ वर्ष कैद र ६ करोड २५ लाख रुपैयाँ जरिवाना गरेको छ ।
सोही मुद्धामा ऋणी किशोर ढकाललाई ४ वर्ष कैद र ५० लाख रुपैयाँ, धितो मूल्यांकनकर्ता कोमलानन्द अधिकारीलाई ४ वर्ष कैद र ५ करोड ७३ लाख रुपैयाँ जरिवाना भएको छ ।
मुद्धामा संलग्न अन्य प्रतिबादीहरु शेखर अर्याल, मधुसूदन सिलवाल, रमेशकुमार शर्मा, दीपेन्द्र कार्की र केपी शर्मालाई जनही २, २ वर्षका दरले कैद सजाय भएको छ ।
ज्ञवालीलाई अदालतले सिद्धार्थ डेभलपमेन्ट बैंकको कर्जा दुरुपयोग गरी बैंकिङ कसुर गरेको अभियोगमा दोषी ठहराएको हो ।
तर प्रतिबादी बनार्इृएका मोतीराज ज्ञवाली, मदनबहादुर बस्नेत, अञ्जु पाण्डे पोख्रेल, गंगाबहादुर जीसी, विदुर ज्ञवाली, धु्रव कार्की र देवकी बस्ताकोटी ढकाल निर्दोष ठहर भई सफाइ पाएका छन् ।
जम्को प्रकाशन प्रालिलाई गरिएको कर्जा परिचालनमा धितोमा कैफियत देखिएपछि मुद्धा परेको थियो ।
जम्को प्रकाशन प्रालिलाई गरिएको कर्जा परिचालनमा धितोमा कैफियत देखिएपछि मुद्धा परेको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...