प्रहरीले आफ्नो रबैया बन्द गरेर हाम्रा नेता/कार्यकर्ता तत्काल रिहा गरोस् - क्रान्तिकारी उपत्यका संयाेजक विश्वकर्मा
काठमाडौं, ५ असोज ।
अखिल (क्रान्तिकारी)का दुई जना नेतालाई प्रहरीले गिरफ्तार गरेकाे छ ।
नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य प्रमोद गिरि र काठमाडौ जिल्ला सदस्य महेन्द्र तामाङलाई कलंकीबाट गिरफ्तार गरिएकाे उपत्यका समन्वय समितिका संयाेजक लाेकेश विश्वकर्माले जानकारी दिएका छन् ।
आफ्नो सगठनको कामका लागि क्याम्ब्रीज पुगेका गिरि र तामाङलाई प्रहरीले विना कारण उनीहरुलाई गिरफ्तार गरेको भन्दै तत्काल रिहाइका लागि माग समेत गरेका छन् ।
इमान्दार मिडियासंगको कुराकानी क्रममा विश्वकर्माले भने - ' आफ्नो संगठनात्मक कामका सिलसिलामा हिडेका हाम्रा नेता /कार्यकर्ताहरुलाई प्रहरीले बिना कारण जहाँ देख्यो त्यहीबाट समात्ने निन्दनीय कार्य गरेको छ, प्रहरीले यो रबैया तत्काल बन्द गरेर गरेर निर्दोष हाम्रा नेता कार्यकर्ताहरु यथासिघ्र रिहा गरोस् ।'
यसैबीच नेकपा (माओवादी) सम्बद्ध केन्द्रीय सांस्कृतिक टोली (सामान परिवार)ले (आज) राष्ट्रिय नाचघर जमलमा बृहत सास्कृतिक कार्यक्रमको आयोजना समेत गरेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...