राजधानीका २ विद्यालयमा बम बिष्फोट, आधा दर्जनमा शंकाष्पद बस्तु भेटियो, २ पक्राउ
राजधानीका विभिन्न विद्यालयमा ( आज ) मंगलबार विहान बम फेला परेको छ । बौद्धको आकाशद्धिप बोर्डिङ स्कुल र मनकामना उच्च माबिमा बम बिष्फोट भएको बौद्ध प्रहरीले जनाएको छ । विष्फोटमा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
वम विस्फोटले आकाशद्धिप स्कुलको गेटमा क्षति पुगेको छ । विष्फोटमा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख विक्रमसिंह थापाले जानकारी दिए । बम राखिएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी केन्द्रको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।
राजधानीको बौद्धस्थित राई स्कुल, इस्टपोल स्कुलमा शंकाष्पद बस्तु फेला परेहकोे छ । त्यस्तै ललितपुरको रेडियन्ट स्कुलमा प्रेसरकुकर बम भेटिएको प्रहरीले जनाएको छ । डल्लुमा रहेको कञ्चनजंघा स्कुलमा प्रेसर कुकर बम फेला परेको थियो । सेनाको बम डिस्पोजल टोलिले उक्त बम निष्क्रिय पारेको छ ।
शंस्कास्पद बस्तु रहेका विद्यालयमा सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय बनाएका छन् । बम विस्फोट बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विष्फोट भएको स्थानमा फेला परेका पर्चामा नीजि विद्यालयहरुले आफ्ना मागहरु सम्बोधन नगरेको उल्लेख गरिएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपालको संयुक्त अपिल नामक पर्चामा वार्षीक २ लाख ४० हजार भन्दा कम आय भएका नागरिकका बालबालिकालाई निजी विद्यालयमा निशुल्क पढाउन , नीजि विद्यालयले सरकारी पाठ्यपुस्तक अनुसार अध्ययन अध्यापन गराउनुपर्ने, विद्यालयले तोकेको स्थानबाट मात्र ड्रेस पुस्तक लगायत सामाग्री ल्याउने पर्ने अवस्था अन्त्य गर्न माग गरेको छ ।
उता ललितपुरको सानेपामा रहेको रेडियन्ट रिडर्स एकेडेमीमा प्रेसर कुकर कम भेटिएको प्रहरीले जनाएको छ । बिहान साढे ५ बजे विद्यालयमा बम रहेको थाहा भएको र अहिले त्यस क्षेत्रलाई सुरक्षा घेरामा रोखेको उनले जानकारी दिए ।
यसअघि गत साउनमा ललितपुर, झम्सिखेलस्थित आइडियल मोडेल स्कुलको बसमा आगजनी गर्ने पनि सोहि समुह हुनसक्ने प्रहरीको अनुमान छ । गत साउन बिहान कक्षा ९–१२ सम्मका विद्यार्थी बोकेर स्वयम्भुबाट स्कुलतर्फ अाउदै गरेकाे स्कुल बस डल्लुमा राेकेर केही व्यक्तिले विद्यार्थीलाई बाहिर निकली अागजनी गरेका थिए ।
बम विस्पोटक समुहले छोडेको पर्चा पम्प्लेट यस्तो छ ।
प्रतिकृया दिनुहोस्
Loading...