नेपाली जहाजमा पनि ग्यालेक्सी नोट ७ प्रतिवन्ध,फ्लाइट मोडमा राख्न समेत नपाइने

काठमाडौं,१२ असोज ।
यती एयरलाइन्सले आफ्नो विमानमा सामसुङ ग्यालेक्सी नोट ७ प्रयोगमा निषेध गरेको छ ।
पछिल्लो समय ग्यालेक्सी नोट ७ को ब्याट्रीमा समस्या देखिएको छ । र, विभिन्न देशमा ब्याट्री पडि्कएको घटना सार्वजनिक भएको छ ।
सामसुङले पनि कमजोरी स्वीकार गर्दै बजारमा गइसकेको यो फिर्ता लिने घोषणा गरिसकेको छ ।
यती एयरलाइन्सले सूचना जारी गरी विमानमा यात्रा यर्दा सामसुङ ग्यालेक्सी नोट ७ प्रयोग नगर्न भनेको छ । साथै फ्लाइट मोडमा राख्न समेत पाइनेछैन ।
यात्रुसँग यो फोन भएमा स्वीच अफ गरेर हाते झोलामा राख्नु पर्ने एयर लाइन्सले जनाएको छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...