क्रान्तिकारीद्वारा आन्दोलनको घोषणा, असोज ११ गते उपत्यकाव्यापी शैक्षिक हडताल
- दिया चन्द, काठमाडौँ ७ असोज ।
आफ्ना नेता कार्यकर्तालाइ बिना कारण प्रहरीले पक्राउ गरेको भन्दै नेकपा (माओवादी) निकट अखिल (क्रान्तिकारी)ले चरणवद्ध संघर्षका कार्यक्रमहरु सार्बजनिक गरेको छ ।
क्रान्तिकारीका उपत्यका समुन्नय बिशेष समितिका संयोजक लोकेश बिस्वकर्माले सुक्रवार एक बिज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम सार्बजनिक गरेका हुन् ।
जसअनुसार असोज ९ गते उपत्यकाका सबै जिल्ला शिक्षा कार्यालयमा कर्मचारीहरुलाई कार्यालय प्राबेशामा रोक लगाउने, १० गते उपत्यकाका ३ जिल्लामा कोण सभा गर्ने र ११ गते उपत्यकाका सम्पूर्ण शैक्षिक सस्थाहरु बन्द गर्ने घोषणा गरेको छ ।
बिज्ञप्तिमा भनिएको छ, - 'संगठनको नियमित कामको सिलसिलामा कार्यक्षेत्रमा खटिरहनु भएका संगठन केन्द्रीय समिति सचिवालय प्रमोद गिरि र काठमाडौं जिल्ला समित सदस्य महेन्द्र तामाङलाई असोज ५ गते कलंकीस्थित क्याब्रिज कलेजबाट बिना कारण गिरफ्तार गरिएकोप्रति हामी खेद प्रकट गर्दछौं। ‘प्रचलित नियमअनुसार स्वतन्त्रतापूर्वक रहँदै गर्दा उहाँहरुमाथि प्रशासनद्वारा कदापी स्वीकारे छैन । नागरिकको राजनीतिक अधिकार कुण्ठित पार्ने गरी गरिएको गिरफ्तार निन्दनीय छ ।’
कानूनको उपाहास गर्ने अधिकारी कसैलाई नभएको भन्दै झुठा बहानामा गरिएको हर्कत तत्काल बन्द गर्न माग गरिएको छ । ‘कानूने दिएको अधिकारको उपहास गर्ने छुट बर्दिवाला र बर्दिविहीन कसैलाई पनि छैन’ जारी विज्ञप्तिमा उल्लेख छ ।
बिनासर्त गिरफ्तार गरिएका गिरी र तामाङलाई तत्काल रिहा गर्न माग गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरिएको छ । गिरी र तामाङलाई प्रहरीले असोज ५ गते कलंकीस्थित क्याम्ब्रिज कलेजबाट गिरफ्तार गरेको थियो । हाल दुवैजनालाई कालीमाटी प्रहरी वृत्तमा थुनामा राखिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...