चैतमा स्थानीय निकायको चुनाव गरिने तयारी छ: मन्त्री पाण्डे

धनगढी, ९ असोज ।

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय निकायको पुनःसंरचना बारेमा राजनीतिक सहमति जुटाएर आगामी चैतसम्म ती निकायको निर्वाचन गर्ने तयारीमा सरकार रहेको बताए ।

मन्त्रालयले आज यहाँ गरेको प्रदेश नं ७ स्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले भूकम्पपछिको पुनःनिर्माण, संविधान कार्यान्वयन, सुशासन, आर्थिक समृद्धि लगायत विषय सरकारका प्राथमिकताका विषय भएको स्पष्ट पारे ।

दुईदिने गोष्ठीमा प्रदेश नं ७ अन्तर्गतका जिल्लाका स्थानीय विकास अधिकारी तथा उपमहागरपालिका र नगरपालिका कार्यालयका कार्यकारी अधिकृत सहभागी छन् ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...