चुनौतीको सामना गर्दै सरकार अघि बढ्छ- मन्त्री केसी

भक्तपुर, १ असोज ।

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले वर्तमान सरकारका अगाडि चुनौतीको पहाड रहेपनि सामना गर्दै अगाडि बढ्ने बताएका छन् ।

नेपाली काँग्रेस भक्तपुर नगर समितिको कार्यालयको शनिबार भक्तपुरमा उद्घाटन गर्दै उनले भने, ‘वि.सं. २०७४ माघसम्म तीनवटै तहको निर्वाचन सम्पन्न गर्ने, मधेसी मोर्चालगायत असन्तुष्ट पक्षलाई मिलाएर संविधान कार्यान्वयन गर्नुपर्ने र यसअघिको सरकारले ल्याएको बजेटलाई कार्यान्वयन गर्ने चुनौती छ, त्यसका निकै अप्ठ्याराहरु रहेका छन् ।’

आवश्यकताअनुसार संशोधन गर्दै संविधान कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो । 

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति दुर्लभ थापालगायतले संविधान कार्यान्वयनको पाटोलाई मजबुद बनाउँदै जनताको पक्षमा सरकार उभिनुपर्नेमा जोड दिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...