राजनीतिक समझदारीबाट प्रदेशको समस्या टुङ्ग्याउनुपर्छ - सिंह

काठमाडौँ, ८ असोज ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक समझदारीबाट प्रदेशका समस्या टुङ्ग्याउनुपर्ने बताएका छन् ।

काँग्रेस टोखा नगर समितिले आज आयोजना गरेको ‘विजयादशमीको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम’मा नेता सिंहले संविधान संशोधन पहिले प्रदेशका विषयमा उठेका समस्या टुङ्ग्याउनुपर्नेमा जोड दिए ।
दलहरु अझै पनि संविधान कार्यान्वयनका विषयमा अल्झिएर बस्दा जनतामा निराशा छाएको उल्लेख गर्दै पूर्वउपप्रधानमन्त्री सिंहले दलगत स्वार्थले मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने बताए ।

सांसद भीमसेनदास प्रधानले तराई–मधेसमा देखिएका मागलाई राजनीतिक सहमति मार्फत पूरा गर्नुपर्ने बताए । काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँले स्थानीय निर्वाचनमा जुट्न कार्यकर्तासँग आग्रह गरे ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...