भारत भ्रमणबारे प्रधानमन्त्रीले के-के भने संसदमा ?
काठमाडौं, २९ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न भारत भ्रमणबारे बुधबार व्यवस्थापिका संसदलाई जानकारी गराएका छन् ।
संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण नयाँ सन्धि सम्झौताहरु गर्ने भन्दा पनि पहिले भएका सन्धि सम्झौताहरुको कार्यान्वयनमा केन्द्रित रहने बताए ।
‘ नेपालको सर्वोपरी हितलाई केन्द्रमा राखेर नेपाल भारतबीच विश्वास अभिवृद्धिका लागि पहल गर्नेछु,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते विहीबार (भोलि) भारत भ्रमणमा जादैछन् ।
प्रतिकृया दिनुहोस्
Loading...