विदेशी सहयोगमा नेतालाई व्यायाम !
काठमाडौँ ३० भदौ ।
संघीय समाजवादी फोरम नेपालकी नेतृ रेणु यादव अचेल बिहानै राजधानीको टंगालस्थित लक्ष्मी आश्रम पुग्छिन्। रेणु मात्र होइन, विभिन्न ६ ठूला दलका गनेमाने नेता दिनहुँ सखारै टंगाल पुग्छन्।
नेताहरू त्यहाँ कुनै राजनीतिक भेटघाट वा भेटवार्ताका लागि भेला भएका होइनन्। उनीहरू शारीरिक एवम् मानसिक स्फुर्तीका निम्ति योग गर्न धाइरहेको खबर आजको नागरिकमा छापिएको छ। योग कक्षाको सम्भव भने डेनमार्क सरकारको सहयोगमा सम्भव भएको हो।
बिहान ६ बजेदेखि ९ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म दैनिक दुई चरणमा सञ्चालन हुने योग कक्षामा प्रवचन दिइन्छ। साना-साना सहयोगमा पनि विदेशी मुख ताकिरहेको आरोप लागेका नेता विदेशी सहयोगमा सञ्चालित योग शाधनामा सहभागी भएका हुन्।

प्रतिकृया दिनुहोस्
Loading...