कृष्णा हत्या प्रकरण – आफन्त भन्छन् बलात्कारपछि क्रुर हत्या गरियो, प्रहरी भन्छ बलात्कार होइन

  • काठमाडौं, ७ असोज 

गोर्खाकी एक युवतीको वलात्कारपछि हत्या गरिएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेर राजधानीका विभिन्न कलेजहरुमा बिरोध प्रदर्शन भइरहेको छ ।

हिले पोखरीस्थित गोरखा बहुमुखी क्याम्पसमा बीएड दोश्रो वर्षमा अध्यनरत छात्रा एन्जिला गिरीको काठमाडौं प्रदर्शनीमार्गस्थित शंकरदेव क्याम्पसमा अध्यनरत अविनाश भारतीले बलात्कारपछि हत्या गरेकाे विद्यार्थीहरुले आरोप लगाएका छन् ।

हत्याको विरोधमा माओवादी केन्द्रनिकट (अखिल क्रान्तिकारी ) पद्मकन्या क्याम्पस इकाइ समितीले बिहिबार विरोध प्रदर्शन गरेको छ।

हत्या गरिएकी भनिएकी एन्जिलालाई आरोपित भारतीले राम्रो जागिर लगाइदिने प्रलोभनम काठमाडौं वोलाएको र कीर्तिपुरमा लगेर वलात्कारपछि हत्या गरेको बताइएको छ ।

यता माओवादी केन्द्रनिकट (अखिल क्रान्तिकारी ) पद्मकन्या क्याम्पस इकाइ समितीकी अध्यक्ष बसन्ता भण्डारीलाई यो विषयमा बुझ्न खोज्दा खासै थाहा नभएको र अनलाइनहरुमा समाचार आएको आधारमा आफुहरुले पनि बिरोध जनाएको बताइन् ।

मिडिया डबलीसँगको टेलिफोन बार्ताका क्रममा भण्डारीले भनिन् - ' यो बारेमा हामीले अलिकति बुझेका छौं, त्यति धेरै नालीबेली चाहिँ होइन, अनलाइनहरुमा पनि आएको थियो र साथीहरुले पनि भनेको आधारमा प्रदर्शन गरेको हो ।' उनले अगाडी थपिन - ' एन्जिला र अविनाशबीच फेसबुकबाट परिचय भएको रहेछ र जागिर लगाइदिने प्रलोभन देखाएर काठमाडौं बोलाएपछि उनीहरुबीच केहि बिबाद भएको होला जसकारण यस्तो घटना घट्यो ।'

जागिरको प्रलोभन देखाएर अविनाशले एन्जिलालाई काठमाडौं बोलायो भन्नेबारे तपाईलाई कसरि थाहा भयो ? भन्ने हाम्रो प्रश्नमा भण्डारीले भनिन्- ' उता त्रिचन्द्र कलेज पढ्ने भाईहरुले चिन्दा रहेछन्, ती भाईहरुले यहाँसम्म चाहिँ थाहा छ दिदि भनेका थिए, म तपाईलाई उनीहरुको नम्बर पठाईदिन्छु ।'

एन्जिलाको सब बलात्कार गरेर झुण्ड्याइएको अवस्थामा कृतिपुरमा भेटिएको बताइएको छ ।

एन्जिलाको बारे के भन्छ गोर्खा क्याम्पस ?

एन्जिलाको हत्या घटनाबारे उनले अध्ययन गर्ने भनिएको गोर्खा क्याम्पसमा बुझ्दा त्यहाँ अध्यापन शिक्षक कमलराज देवकोटासँग कुराकानी भयो । उनले भने - बीएड प्रथम वर्षमा एन्जिलाले भर्ना भएरै पढेको र दोस्रो बर्षमा पनि पढेको भन्ने बुझिएको छ यसबारे मलाई पनि त्यति जानकारी छैन, प्रशासन र क्याम्पस चिफलाई बुझ्दा क्लियर होला ।'

लगत्तै हाम्रो फोन गोर्खा क्याम्पसका प्रमुख विकास कुमार श्रेष्ठलाई गयो । एन्जिलाको बारेमा उनले अर्को रहस्य खोले । श्रेष्ठले भने - 'एन्जिलाको नाम नै एन्जिला होइन, कृष्णा हो ।

बिएड प्रथम बर्षमा उनले एन्जिला गिरिनामबाट नभइ कृष्णा गिरीको नामबाट क्याम्पस भर्ना गरेको देखिएको छ ।' तर दोश्रो बर्षमा भने एन्जिला भनिने कृष्णाले क्याम्पस भर्ना गरेर परिक्षामा सहभागी नभएको उनि ड्रप आउट स्टुडेन्ट भएको श्रेष्ठले बताए ।

घटनापछि एन्जिलाको घर परिवारसमेत क्याम्पसको सम्पर्क नआएकोले गाउलेहरुबाटै उनको बारेमा बुझेको गोर्खा क्याम्पसका प्रमुख श्रेष्ठको भनाई छ ।

प्रहरी देखि अस्पतालमाथि परिवारजनको आसंका

मृतकका आफन्तले प्रहरीमाथि विषय तोडमोड गरेको आसंका गरेका छन् । अविनाश र मृतक कृष्णा दुईटैको मोवाईल प्रहरी कव्जामा छ । अविनाशको कोठा पनि प्रहरीले सिल गरेको छ । त्यहाँ कसैलाई हेर्न दिएको छैन । मृतकका आफन्तले भने झ्यालबाट हेर्दा कोठाभित्र वियर र रोयलस्टगका वोत्तलहरु छन् । त्यहि दिन अविनाशले सुरज आर्केडको म्यानेजरलाई फोन सम्पर्क गरि भोलिबाट कृष्णा काममा आउदिन हिसाव किताव गरिदिनु भनेको छ । अविनाशको कोठामा अरु दुई जना उसका साथी आएको प्रहरीले पनि थाह पायो । सामुहिक वलत्कार पछि हत्या हो कि भन्ने हाम्रो आसंका हो उनले भने ।

कृष्णालाई झुण्डिएर मरेको भनिएको छ । झुण्डिएर मरेको कसरी थाह पायौ भन्दा अविनाशले कोठा खुलै थियो भन्छन् । सवै अचम्म लाग्दो घटना भयो । मृतकका भाईले भने यदि झुण्डिएर मरेको हो भने अविनाशले प्रहरीलाई किन खवर गरेनन् ? लाश प्रहरीको जिम्मा लगाईनुपथ्र्यो उनले छुन हुँदैनथ्यो । घरबाट वाटोसम्म लाश आफै वोकेर एम्वुलेन्स वोलाई एम्वुलेन्समा राखि वयोधा अस्पताल पुर्याईयो । झुण्डिएर मरेको लाशलाई किन वयोधा अस्पताल पुर्याईयो ? अविनाशका दाई प्रहरीमा छन् उनले भने हामीमाथि शक्तिको दुरुपयोग भयो । झुण्डिएर मरेको जानकारी प्रहरीले गर्यो ।

प्रहरी आफैले लाश अस्पताल ल्याएपछि घटना थाह पाएको छ । झुण्डिएको भन्दै प्रहरीबाट एकतर्फि मुचुल्का भयो । मृतकका आफन्तले शिक्षण अस्पतालको पोष्टमार्टम अघि डेथ वडि हेर्न सम्म नपाएको वताएका छन् । तर शिक्षण अस्पतालको पोष्टमार्टमले कृष्णा झुण्डिएको देखाएको छ । झुण्डिएको हो वा झुण्ड्याइएको हो भन्ने रिपोर्ट आउन एक साता लाग्छ लाश जलाउनुस भनेर अस्पतालले भनेपछि अन्त्यष्टी गरियो मृतकका भाई किरण गिरिले भने ।

रिपोर्ट यस्तै आयो भन्छन्, कोल्डस्टोरबाट लाश झिक्दा पनि नाकबाट आएको रगत जमेको थियो । शरिर सवै रगतले ढाकिएको थियो । खुट्टामा देखिएको चोटवारे सोध्दा अस्पतालले पुरानो घाऊ हो सन्चो हुन लागेको अवस्थामा थियो भन्यो । कृष्णाका अर्का दाई बिष्णु राम गिरीले हिजै देखि आफन्त र साथिभाईहरुसंग अविनाशको परिवार पहुँचवाला भएकाले प्रहरी तर्फ मिलाईसकेको र पोष्टमार्टमको रिपोर्टमाथि पनि संका गरेका थिए ।

विष्णुका अनुसार ‘अविनाशका आफन्तले गृहमन्त्री देखि सवैतिर भनसुन गरेपछि सुरुमा प्रहरीले उजुरी नै लिन मानेनन पछि प्रधानमन्त्री कार्यालयको फोन पछि मात्रै उजुरी लिइयो । झुण्डिएर मृत्यु भएपछि रगत आउँदैन भनेको सुनेका थियौं’ विष्णुले भने ‘तर शरिरमा रगतै रगत थियो । यस्तै आशंका र कानुनी प्रकृयाका वीच कृष्णाको अन्त्यष्टी भयो र अविनाश प्रहरी हिरासतमा छन् ।’
घटनाबारे यस्तो भन्छ प्रहरी

घटनाको बारेमा कृतिपुर प्रहरी कार्यालयका डिएसपी डाक्टर मेख बहादुर खत्रीले कृष्णा गिरीको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेकोले अहिले नै त्यो हत्या हो या के हो भन्न नसकिने बताए । बलात्कारपछि हत्या भनेको छ भन्ने आफन्तको गुनासो छ नी ? भनेर प्रश्न गर्दा डिएसपी खत्रीले उल्टै प्रश्न गरे - 'रेप केस भनेर कसले भन्यो ?'

उनले भने- 'मृतकको पोस्टमार्टम रिपोर्ट आएको छैन आएपछि थाहा हुन्छ । कृष्णाको रेप र हत्या भएको होइन भन्नेतर्फ उनको भनाई इंगित थियो । डिएसपी डाक्टर मेख बहादुर खत्रीले कृष्णा गिरीको मृत्युबारे हामीसँग गरेको कुराकानीको अडियो मिडियाडबलीसँग सुरक्षित छ ।

यसअर्थ घटना झन रहस्यमय बन्दै गएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...