बाणगंगा नदीको बाढीले देवर -भाउजुको ज्यान लियो

कपिलवस्तु, ८ असोज

बाणगंगा नदीमा आएको बाढीले बगाउँदा कपिलवस्तुमा एकै परिवारका दुई जनाको ज्यान गएको छ ।

बाणगंगा नगरपालिका–१४ मधुवनका ४५ वर्षका भीम अर्याल र उहाँकी भाउजु ५९ वर्षकी लीला जिसीको ज्यान गएको प्रहरीले जनाएको छ ।

सँगै रहेका ९ वर्षीय नाती सुशील भने बाँच्न सफल भएका इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक विष्णुप्रसाद पोखरेलले बताए । 

बाणगंगा नगरपालिका–१० झंगामा आफन्तलाई भेटेर घर फर्कँदै गर्दा उनीहरुलाई नदी तर्ने क्रममा बाढीले बगाएको हो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...