टिकापुर घट्नाको मुख्य योजनाकार कैलाली कारागारमा

कैलाली, ७ असोज ।

टिकापुर घट्नाको मुख्य योजनाकार रहेका लक्ष्मण थारुलाई कैलाली कारागार धनगढीमा फिर्ता ल्याइएको छ ।

गवर्ष भदौ ७ गते घटेको टिकापुर घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका थारुलाई औषधोपचारको क्रममा करिब साढे सात महिना अगाडि केन्द्रीय कारागार काठमाडौँ सारिएकोमा अहिले उनलाई कैलाली कारागारमा फिर्ता गरिएको छ ।

टिकापुर घटनाबारे जिल्ला अदालत कैलालीले मुद्दा हेरिरहेकाले पनि उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि कैलाली फिर्ता गरिएको जनाइएको छ । उनको पारिवारिक स्रोतकाअनुसार आफूहरु घटनामा संलग्न नरहे पनि जबरर्जस्ती दोषी ठहर्याएको बताए ।

आफूहरुको माग र मुद्दा सम्बोधन नभएसम्म आफूहरुको आन्दोलन जारी रहने थारुको भनाइ छ ।

मधेस आन्दोलनका क्रममा आन्दोलनकारी र प्रहरीबीच भएको दोहोरो झडपमा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षक बलराम विष्ट र केशव बोहरासहित आठजना सुरक्षाकर्मी र एक नाबलकको ज्यान गएको थियो ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...