मनास्लु पदमार्गमा पहिरो, चारजनाको ज्यान गयो, ६ घाइते
काठमाडौं, ६ असोज ।
पदमार्गअन्तर्गत् उइया–केरौंजा जोड्ने तातोपानी पुलनजिकै विहीबार गएको पहिरोमा परी चारजनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर तीनजना नेपाली र एक विदेशी पर्यटकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ट्रेकिङ एजेन्सीकी कर्मचारी रञ्जना बस्नेतकोमात्र पहिचान भएको गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।
मृत्यु हुने अरुमा दुईजना नेपाली गाइड र एकजना स्पेनिस नागरिक छन् । उनीहरुको पहिचान खुलेको छैन ।
पहिरोमा परी चारजना नेपाली र दुई विदेशी गरी ६ जना घाइते भएका छन् । घाइते सबैलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ ।
खोर्लाबेंसीमा बुधबार राति बास बसेर पदयात्रामा निस्किएको पर्यटकको समूह पहिरोमा पुरिएको हो ।
प्रतिकृया दिनुहोस्
Loading...