यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको बिरोध, प्रहरीद्वारा बल प्रयोग (फोटो फिचर)

कठमाडौं ५ असोज।

यातायात व्यवस्था कार्यालय ललितपुरमा कम्प्युटर सर्वरले काम गरेन भन्दै काम ठप्प पारेपछि सेवाग्राहीहरुले बिरोध गर्दा प्रहरीले बल प्रयोग गरेको छ। प्रहरीले केही सेवाग्राहीहरुलाई हातपात गर्दै प्रहरी भ्यानमा हालेको छ। 
धेरै समयदेखि यातायात ब्यवस्था बिभागमा सवारी चालक अनुमति पत्र (लाईसेन्स) सम्बन्धि कामका लागि जानेले हैरनी ब्योहोर्नु परेको छ। 

बिहान ३ बजेदेखि लाईसेन्सको फर्म भर्न लाम लागेका सेवाग्राहीलाई ९:३० मा आएर कम्प्युटर सर्भर बिग्रयो भनेर कार्यलय बन्द गरेपछि सेवाग्राही आक्रोशित हुन पुगेका थिए। 


आक्रोशित सेवाग्राहीहरुले धेरै जसो सर्भर बिग्रिने बहाना बनाउने र पैसाको चलखेल गरेर लाईसेन्स बितरणमा गर्ने आरोप लगाएका छन्। 

आक्रोशित सेवाग्राहीहरुलाई रोक्न प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरी हस्तक्षेपमा केही घाईते भएका छन्। 


त्यस्तै उक्त घटनाको रिपोर्टिङ्ग गरिरहेका रेडियो मिर्मिरेका पत्रकार सुदिप बर्देवालाई प्रहरीले दुर्ब्यबहार गरेको छ । 

प्रहरीले किन  आफ्नो मात्र फोटो खिचेको भन्दै पत्रकार बर्देवा माथी हातपात गर्नुका साथै केहि समय नियन्त्रणमा समेत लिएको थियो। 

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...