एमाले केन्द्रिय समितीको बैठक आजबाट,ओलीको प्रतिवेदनमाथि छलफल

काठमाडौँ ५ असोज ।

नेकपा एमालेको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । सरकारबाट बाहिरिएको डेढ महिनापछि पहिलो पटक एमालेको केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । अध्यक्षको प्रतिवेदनमा सरकार परिवर्तनपछिको राजनीतिक अवस्था, छिमेकीसँगको सम्बन्ध लगायतका विषय समेटिएको छ ।

ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्र र कांग्रेसले बाह्य शक्तिसँग साँठगाँठ गरेर आफ्नो नेतृत्वको सरकारलाई विस्थापित गरेको आरोप लगाएका छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...