खाद्य संप्रभुता र कालावजारी विरुद्ध खनिदै नेकपा (माओवादी), देशव्यापी विरोध कार्यक्रम तिब्र


पाँचथर, ३ असोज । 

नेकपा (माओवादी)ले देशमा सरकारको चरम लापवार्हीले पैदा भएको खाद्य सम्प्रभुता, मंहगी र कालाबजारीयाका विरूद्ध पाँचथर सहित देसैभर विभिन्न कार्यक्रम सहित विरोधका कार्यक्रमहरु संचालन गरेको छ । 

आइतवार पाँचथरमा समेत प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रिलाई ध्यानाकर्षण पत्र वुझाएको छ ।

दशैं / तिहारको नजिकिँदै जादाँ कृतिम अभाव सिर्जना गरेर बिचौलियाहरूले सर्वसाधारणहरूलाई आक्रान्त बनाएको भन्दै नेकपा( माओवादी)ले सरकारलाई दबाब सिर्जना गर्न यस्तो आन्दोलन गर्न लागेको ज्ञापन पत्रमा उल्लेख छ ।

नेकपा माओवादी पाँचथर जिल्ला संगठनकाका सेक्रेटरी सौगात द्वारा हस्ताक्षरीत ज्ञापन पत्रमा ‘अहिलेको आकासिदो मंहगीले सर्वसाधारणको ढाड भाच्ने काम भएको भन्दै इतिहासमै यति उच्च मंहगी कहिल्यै नभएको भनिएको छ ।

ज्ञापन पत्रमा अहिले खासगरी पछिल्ला दिनमा ठूल्ठूला व्यापारी र बिचौलियाहरूले खाद्यवस्तुमा कृतिम अभाव सिर्जना गरेको र सरकारले यसबारे कुनै सहज बनाउन काम नगरेपछि विप्लव माओवादीले बाध्य भएर यस्तो आन्दोलन गर्नु परेको भनिएको छ । 

जनतामा गाँस वास,स्वास्थ्य शिक्षाको प्रत्याभूति दिनका साथै जिवन स्तरमा परिवर्तन ल्याउन आधारभूत अधिकारको क्षेत्रमा राज्यले गम्भिर हुन भनिएको छ ।

दशैं अगाडि नै खाद्य सम्प्रभुतामा देखा परेका जनजीविकालगायत अरु कयौं समस्याहरुहरुलाई लिएर विप्लव माओवादीले आइतवार यस्तो प्रदर्शन देसव्यापी रुपमा गरेको वतइएको छ ।

खाद्य संप्रभुताको प्रत्याभूत गर्न खाद्यवस्तुमा ५० प्रतिशत सहुलियत दीनु पर्ने , किसानका उत्पादनहरु राज्यले खरिद विक्रिको व्यवस्था गर्नु पर्ने ,विचौलियाहरुको मारवाट उद्यमी व्यवसायी व्यापारी र उत्पादनकर्ताहरुलाई उपयुक्त आधार तय गरीनु पर्ने , माथिल्लो कर्णालि,अरुण ३ मस्याङदी,कोशि उच्च वाँध,लगायत विदेशि संगका जल संझौताहरु खारेज गरीनुपर्ने ,वाँधको कारण डुवानमा परेकाहरुको क्षतिपूर्तिको व्यवस्था गरीनु पर्ने,अनाधिक रुपमा वनाइएका वाँध हटाउन सरकारी पहल गर्नु पर्ने,लगायत विभिन्न योजनाहरुमा भइरहेका चलखेल अन्त्य गर्नुका साथै कृषि क्षेत्रको औद्यगीकिकरण ,आधुनिकीकरण गर्दै वैज्ञानीक आवास,वैज्ञानिक कृषि उत्पादनतथा वितरणको व्यवस्था गर्नुका साथै भूकम्प पीडितहरुको समस्याको समाधान ,सुकुम्वासि,भूमिहिन,वेरोजगारीको अन्त्यका लागि प्रधानमन्त्रि समक्ष माग गरेको उल्लेख छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...