वावरिङ्काले जिते युएस ओपन टेनिसको उपाधि, जोकोभिच पराजित

काठमाडौं, २७ भदौ ।

यस वर्षको युएस ओपन टेनिस प्रतयोगिताको पुरुषतर्फको उपाधि स्टानिस्लास वावरिङ्काले जितेका छन् ।

अमेरिकाको न्युयोर्कस्थित फ्लसीङ मिडोजमा सोमबार बिहान सम्पन्न फाइनलमा विश्व नम्बर एक एवं उपाधि दावेदार नोभाक जोकोभिचलाई ३–१ को सेटमा हराउँदै वावरिङ्काले उपाधि जितेका हुन् ।

१२ पटकका ग्रान्ड स्लमा विजेता सर्वियन खेलाडी जोकोभिच विरुद्धको खेल स्विस खेलाडी वावरीङ्काले ६–७, ६–४, ७–५ र ६–३ को सेटमा जिते ।

वावरिङ्काको यो उपाधि करियरको तेस्रो ग्रान्ड स्लाम उपाधि हो । उनले यसअघि सन् २०१४ मा अष्ट्रेलियन अ‍ोपन तथा २०१५ मा फ्रेन्च ओपन टेनिसको उपाधि जितेका थिए ।

यसपटक युएस ओपनको उपाधि जित्दै वावरिङ्काले रोजर फेडेरर पछि स्विट्जरल्याण्डबाट अर्को सम्भावित टेनिस स्टारका रुपमा अफूलाई प्रस्तुत गरेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...