मनास्लु पदमार्ग पहिरो अपडेट : मृतकको संख्या ५ पुग्यो घाइते १४ को उपचार हुँदै
काठमाडौँ ६ असोज ।
मनास्लु पदमार्गमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या ५ पुगेको छ । बिहिबार दिउसो उहिया दोभानखण्डमा झरेको पहिरोमा परी ४ जनाको घटनास्थलमै ज्यान गएको थियो भने थप एक जनाको उपचारका क्रममा बल्खुुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।
पहिरामा परी काठमाडौँका दोर्जे लामा र छिरिङ शेर्पा, क्यान नेपाल संस्थामा काम गर्ने ओखलढुङ्गाका रञ्जना बस्नेत, एक स्पेनी र पहिचान नखुलेका थप एक बिदेशीको मृत्यु भएको हो ।
इजी हेलिकोप्टर मार्फत काठमाडौँ ल्याइएका १४ जना घाइतेहरुको बयोधा अस्पतामा उपचार भइरहेको छ । पहिरामा परी १७ जना घाइते भएकामा १५ जना मात्र अस्पताल ल्याइएको थियो ।
इजी हेलिकोप्टर मार्फत काठमाडौँ ल्याइएका १४ जना घाइतेहरुको बयोधा अस्पतामा उपचार भइरहेको छ । पहिरामा परी १७ जना घाइते भएकामा १५ जना मात्र अस्पताल ल्याइएको थियो ।
तीमध्ये चार नेपाली छन् भने विदेशीको पहिचान खुलेको छैन । घाइतेमध्ये अधिकांशको टाउको र हातखुट्टामा चोट लागेको उपचारमा संलग्न अस्पतालका हाडजोर्नी विशेषज्ञ डा अभय यादवले जानकारी दिएका छन् ।
पर्यटक पथ प्रदर्शक उत्तम राईका अनुसार बिहान करिब ९ बजे मनास्लु पदमार्गमा पर्ने उहिया दोभानमा माथिदेखि पहाड पल्टेर पहिरो झरेको थियो । घटनालगत्तै गाउँलेलाई बोलाएर उद्धार गरिएको उनले बताए ।
प्रतिकृया दिनुहोस्
Loading...