वैद्य माओवादीका नेता दिनेश शर्मा सुन्धाराबाट पक्राउ
काठमाडौं ७,असोज ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा नेवा राज्य संयोजक दिनेश शर्मालाई प्रहरीले काठमाडौंबाट पक्रउ गरेको छ । शुक्रबार बिहान सुन्धाराबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बुधबार क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यसहित चार जनालाई प्रहरीले पक्राउ गरेको विरोधमा वैद्य माओवादीले असोज ९ गते आइतबार काठमाडौं उपत्यका बन्दको आह्वान गरेको छ ।
आन्दोलनका कार्यक्रम अन्तर्गत शुक्रबार एक घण्टा चक्का जाम, शनिबार राजधानीमा सिठी जुलुस तथा असोज ९ गते आइतबार उपत्यका बन्द रहेका छन् ।
घोषणा गएिको कार्यक्रम अन्तरगत चक्काजाम कार्यक्रम सफल बनाउन सुन्धारा पुगेका स्थायी समिति सदस्य शर्मा ,अन्य नेताहरु पवनमान श्रेष्ठ, हरिकृष्ण गुजुरेल, जय दाहाल लगायत दर्जन बढी नेता तथा कार्यकर्तालाई प्रहरीले पक्रउ गरेको हो ।
क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा पूर्वसभासद शिवराम यादव, अखिल क्रान्तिकारी का केन्द्रीय सहसंयोजक राम नेपाली, केन्द्रीय सदस्य महेश श्रेष्ठ र दिपेन्द्र सुनुवारलाई प्रहरीले बुधबार काठमाडौंको बागबजारबाट पक्राउ गरेको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...