न्यूनचापीय प्रभावले वर्षा, शुक्रबारदेखि सुधार आउने महाशाखाको दावी
काठमाडौँ, ५ असोज ।
उक्त प्रणालीको असरस्वरुप मौसम बद्ली भई मध्य र पूर्वका अधिकांश भेगमा वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वमा न्यूनचापीय क्षेत्र र मध्यमा न्यूनचापीय रेखाको प्रभावले बद्लीसँगै वर्षात् भएको मौसमविद् विभूति पोखरेलले जानकारी दिए।
उनका अनुसार पश्चिम भेगका केही स्थानमा वर्षात् भएको छ, भने सुदूरपश्चिममा कुनै प्रभाव छैन । मङ्गलबार रातिदेखि सुरु भएको यो प्रणाली बिहीबार साँझसम्म जारी रहने र शुक्रबारदेखि मौसममा सुधार आउने मौसमविद् पोखरेलले उल्लेख गरे ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी ओखलढुङ्गामा ८२ मिलिमिटर वर्षात् भएको छ । विराटनगरमा २३, धनकुटामा २९, ताप्लेजुङमा ३७ काठमाडौँमा २४, भैरहवामा ३९ र नेपालगन्जमा ३४ मिलिमिटर वर्षा भएको छ ।
आज काठमाडौँ उपत्यकाको अधिकतम २९.५ र न्यूनतम १८.५ डिग्रीसेल्सियस रहेको महाशाखाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...