शान्ति मिसनमा सुडान पुगेको नेपाली सेनाको टोलीलाई एयरपोर्टबाटै फर्काइयो

काठमाडौँ ३० भदौ ।

शान्ति मिसनका लागि नेपाली सेनाका २ सय ३२ जना सैनिक बोकेर सुडान पुगेको जहाज फर्केर फेरि नेपालमै अवतरण भएको छ । पासपोर्ट बिर्सेपछि उडेको दुई घण्टामा नै शान्ति सेना बोकेको इथोपिएन जहाज मध्यरातमा नेपालमा ल्याण्डिङ गरिएको बताइएको छ ।

सैनिक सुत्रका अनुसार उक्त जहाजमा जाने अधिकृत र जवानहरुको पासपोर्ट नेतृत्व गर्ने सैनिक कमाण्डरको लापरवाहीका कारण छुटेपछि नेपाली सेनाको सिंगो टोलीलाई अपमानित ढंगले नेपाल फर्काइएको छ ।

मध्यरातको १ बजेर ४० मिनेटमा काठमाडौं अवतरण गरिएको जहाज राति नै २ बजेर ५० मिनेट जाँदा पासपोर्टसहित सुडान प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार यो घटनाको छानविन हुने भएको छ । यसका लागि जंगीअड्डाले छानविन समिति गठन गर्ने तयारी गरेको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...