कोशी नदीमा डुङ्गा पल्टियोः २२ जनाको उद्धार, २५ बढी बेपत्ता
काठमाडौँ १ भदौ ।
सुनसरीस्थित कोशी नदीमा डुंगा पल्टिएको छ । सुनसरीको श्रीलंका टापुबाट प्रकाशपुर ५ राजावासा आउँदै गरेको डुंगा शनिबार दिउँसो पल्टिएको हो ।
डुंगामा ४५ जना भन्दा बढी रहेको र २२ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ । अरु २५ भन्दा बढीको खोजीकार्य भैरहेको छ । अहिले घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोली उद्धारका लागि खटिएको छ ।
क्षमता भन्दा बढी यात्रु बोकेकाले दुर्घटना भएको अनुमान गरिएको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।
प्रतिकृया दिनुहोस्
Loading...